भूमिकाका लागि

- साप्ताहिक संवाददाता

चैत्र १०, २०७४

शीर्षकका कारण विवादमा आइरहेको चलचित्र गाजाबाजा अन्तत: प्रदर्शन भएको छ । गाँजाको साटो ‘गाजा’ शीर्षक राख्ने भएपछि विकास बोर्डले यसको प्रदर्शनका लागि ग्रिन सिग्नल दिएको हो । 

छायांकनको पहिलो दिनदेखि नै चर्चामा रहेको यो चलचित्रले गाँजा खाने व्यक्तिको मनोदशा वर्णन गरेको छ । यसबीच दर्शकहरूले रुचाइरहेको यो चलचित्रका अभिनेता सुशिल सिटौलाले चलचित्रको भूमिकाका लागि वास्तविक रूपमै गाँजा खानु परेको अनुभव सार्वजनिक गरेका छन् । 

गणेशदेव पाण्डेद्वारा निर्देशित यो चलचित्रमा गाँजा खाने पात्रको कथा प्रस्तुत गरिएको छ, जसलाई पर्दामा उतारेका हुन् अभिनेता सिटौलाले । ‘गाँजा खाएपछि कस्तो अनुभव हुन्छ भन्ने कुरा अभिनय गरेर देखाउनु पर्ने थियो, सिटौला भन्छन्–‘चरित्रलाई न्याय दिन मैले गाँजा खानु परेको हो ।’ सिटौलाका अनुसार उनलाई यही चलचित्रमा अभिनय गरेपछि गाँजा खानु राम्रो होइन भन्ने ज्ञान पनि प्राप्त भयो ।

 

प्रकाशित :चैत्र १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्