उपेन्द्र र सलोनी कान्तिपुर आइडल

- साप्ताहिक संवाददाता

चैत्र ८, २०७४

 

कान्तिपुर आइडलको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले चुमेका छन् । सनराज इन्टर टेन्ट्मेन्ट प्रा. लि. को आयोजनामा भएको कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीतामा  उनीहरुले उपाधि चुमेका हुन् ।

गायन तर्फ फस्र्ट रनरअप समिर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल तथा नृत्य तर्फ फस्र्ट रनरअप आर्या सुबेदी र सेकेन्ड रनरअप गणेश श्रेष्ठ भएका छन् ।

चैत्र ६ गते नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रममा गायन तर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई रहेका थिए । 

युवा, युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजकको भनाई छ ।

 

प्रकाशित :चैत्र ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्