पाँच वर्षपछि बिहे

- साप्ताहिक संवाददाता

चैत्र ७, २०७४

अभिनेत्री आँचल शर्माले ५ वर्षपछि मात्र विवाह गर्ने खुलासा गरेकी छिन् ।  शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र शत्रु गतेको प्रचार–प्रसारका क्रममा पोखरा पुगेकी आँचलले स्थानीय सञ्चारकर्मीको एउटा जिज्ञासामा विवाहका लागि अहिले आफू केटाकेटी भएको प्रतिक्रिया दिएकी थिइन् । 

भरखरै त चलचित्रमा पाइला चाल्दै छु, आँचलको भनाइ थियो– त्यसैले अलि परिपक्व भएर ५ वर्षपछि विवाह गर्ने हो । पछिल्लो समय आँचलको नाम अभिनेता पल शाहसँग जोडिएको छ । आँचलले पाँच वर्षपछि विवाह गर्ने खुलासा गरिरहँदा पल पनि उनीसँगै थिए । 

यद्यपि सञ्चारकर्मीको विवाहसम्बन्धी जिज्ञासामा पलले मुखै खोलेनन् । उनी भन्दैथिए– चैत ९ गते शत्रुगते प्रदर्शन भएपछि मात्र म प्रेम र विवाहका बारेमा बोल्ने छु । आँचल र पलले केही चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा सँग–सँगै अभिनय गरेकाले पनि आम दर्शकहरू उनीहरूलाई प्रेमि–प्रेमिकाका रूपमा चिन्छन्, तर उनीहरूले आफूलाई प्रेमि–प्रेमिकाका रूपमा घोषणा गरिसकेका छैनन् । 

प्रकाशित :चैत्र ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्