असारबाट द भ्वाईस अफ नेपाल

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७४

 

विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली  फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बार्यक्रमका बारेमा जानकारी दिइएको हो । 

असारबाट प्रशारणमा आउने उक्त रियालिटी शोलाई नेपाल आइडलका निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्ने भएका छन् ।  प्रलाद सिंह ठकुरी एमडी रहेको रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् । सुशील नेपालले होस्ट गर्ने शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहने छन् । 

‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ । विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित :चैत्र ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्