कमजोरी स्वीकार्दै सौगात

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७४

अभिनेता सौगात मल्लले चलचित्र छनौट गर्न नसक्नु आफ्नो कमजोरी भएको कुरा बताएका छन् । आफूले अभिनय गरेको चलचित्र लालपुर्जाको प्रमोसनका क्रममा पोखरा पुगेका मल्लले चलचित्रबाट अफर आउँदा चलचित्रको विषयवस्तु तथा आफ्नो क्यारेक्टरमा ध्यान पुर्‍याउनुभन्दा पनि साथीभाइ, चिनेजानेको भन्दै चलचित्र छनौट गरेकाले सफलता प्राप्त गर्न कठिनाइ भएको बताए । 

मेरो अभिनय पनि ध्वस्त भैसकेको छ, उनले भने । बितेका दुई वर्षमा धेरै कुरा सिकें, अब छनौट गरेर मात्र चलचित्र लिन्छु, मल्लले आफ्नो योजना सुनाए । बाहिर हल्ला गरिएजस्तो आफ्ना चलचित्र असफल भएको कुरामा भने उनी सहमत भएनन् । 

चलचित्रले कति व्यापार गर्‍यो, कमाइ भयो कि भएन भन्ने कुरा निर्मातालाई मात्र थाहा हुन्छ । निर्माता सन्तुष्ट छन् भने सिक्वेल बनाउने तयारीमा लाग्छन् तर बजारमा अर्कै हल्ला गरिन्छ, सौगातको तर्क थियो ।

 

प्रकाशित :चैत्र ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्