नौकासन

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७४

 

 उत्तानो परेर सुत्ने, शरीरलाई डुंगाजस्तो बङ्ग्याउँदै हातलाई तिघ्रामाथि राख्ने । 

 

 श्वास फेर्दै गर्दन, गोडा र हातलाई उठाएर शिर, हात अनि गोडालाई समानान्तर अवस्थामा पुर्‍याउने । त्यही स्थितिमा २५ देखि ३० सेकेन्डसम्म रहने । 

 

फाइदा

नाभी वरिपरिको भागलाई सबल एवं सुगठित बनाउँछ । 

 

 पाचन प्रणाली बलियो हुन्छ । 

 

 अनावश्यक बोसो घटाउँछ । 

 

 यो आशनले सानो तथा ठूलो आन्द्राको राम्रो कसरत हुन्छ । 

 

 गानो–गोला अर्थात् नाभी सर्ने समस्या ठीक हुन्छ । 

 

 पेटसम्बन्धी धेरै समस्या निवारणमा सहयोग पुर्‍याउँछ ।

प्रकाशित :चैत्र ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्