त्रिशला गुरुङ लाइभ @ लेकसाइड

- साप्ताहिक संवाददाता

चैत्र ३, २०७४

युट्युबबाट चर्चामा आएकी त्रिशला गुरुङ  आज चैत ३ गते शनिबार पोखरामा झुल्किँदैछन् । कभर गीत गाएर लाखौं फ्यान कमाएकी उनले आफ्नो प्रस्तुतिबाट पोखरेली दर्शकलाई झुमाउनेछिन् । त्रिशला गुरुङ लाइभ एट अक्सिजन नामक इभेन्टमार्फत पोखरा लेकसाइडको अक्सिजन लाउञ्ज बारमा प्रस्तुति राख्दै उनले दर्शकको सांगीतिक तृष्णा मेटाउन पहल गर्नेछिन् ।

कार्यक्रम बेलुका ७ बजेबाट सुरु हुनेछ । अग्रिम बुकिङ गर्नेका लागि १ हजार रुपैयाँ र डोर सेलमार्फत खरिद गर्नेका लागि १ हजार ५ सय रुपैयाँको प्रवेश शुल्क तोकिएको यो कार्यक्रमलाई स्टेरियो सोनिक नेपालले व्यवस्थापन गरेको हो । कार्यक्रममा थप आकषर्णका रूपमा काठमाडौंको अकस्टिक्स ब्यान्डले आफ्नो प्रस्तुति राख्नेछ । 

स्थान : अक्सिजन लाउञ्ज बार लेकसाइड

समय : बेलुका ७ बजे

टिकट दर : १ हजार ५ सय रुपैयाँ

कलाकारहरू : त्रिशला गुरुङ र अन्य

 

द नेस्टमा नट्टु शाह

आज शनिबार फुर्सदमा हुनुहुन्छ ? सांगीतिक माहोलमा आफूलाई भुलाउन चाहनुहुन्छ भने ठमेलको द नेस्टमा कलाकार नट्टु शाहको ब्यान्डको प्रस्तुति रहेको छ । गायक, लेखक, कमेडियन शाहसँगै डिजेहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् । द नेस्ट बार, पब र लाउन्जमा दर्शकहरूले रमाइलो गर्न सक्नेछन् । 

स्थान : द नेस्ट ठमेल

समय : साँझ ७ बजे

प्रकाशित :चैत्र ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्