ड्रोनमार्फत फेसन शो

- एजेन्सी

चैत्र २, २०७४

फेसनको राजधानी इटालीको मिलान, त्यसमाथि विश्वमै सर्वाधिक रुचाइएको ब्रान्ड डोल्सी एन्ड गाबाना ।

यस्तो मिलन भएको फेसन शो हेर्न पाउनु भनेको फुटबलका प्रशंसकले विश्वकप फुटबल प्रतियोगिता हेर्न पाउनुसरह नै हो । महिलाहरूको ह्यान्ड ब्यागका लागि आयोजित उक्त फेसन शोमा डोल्सी एन्ड गावानाले नयाँ शैली प्रस्तुत गर्दा फेसन पारखीहरू आनन्दित हुने नै भए । डोल्सीले आफ्ना ह्यान्ड ब्यागलाई ड्रोनमा उडाएर र्‍याम्पमा घुमाएको थियो । फेसन शोमा डोल्सीका नयाँ डिजाइन जति आकर्षक थिए फेसन शो त्योभन्दा बढी आकर्षक देखिन्थ्यो । 

 

प्रकाशित :चैत्र २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्