दमकमा रोबोट प्रतियोगिता

- बिष्णु सुब्बा

चैत्र २, २०७४

झापाको दमकमा आज चैत २ गते शुक्रबार रोबोट प्रतियोगिता हुने भएको छ । परिकल्पना नेपाल दमकले काठामाडौं उपत्यकाबाहिर दमकमा पहिलो पटक रोबोट प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरूले निर्माण गरेका १५ वटा रोबोटको सहभागिता रहनेछ भने ८ वटा रोबोटबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिता दमकस्थित कस्मिक पार्टी प्यालेसमा हुनेछ भने प्रवेश नि:शुल्क गरिएको छ । प्रतियोगितामा पोखरा, काठामाडौं इन्जिनियरिङ कलेज, काठामाडौं  विश्वविद्यालय, केन्द्रीय प्रविधि विद्यालय हात्तीसार धरान, श्रीयन्त्र कलेज दमक, दमक बहुमुखी क्याम्पस तथा इलाम र दमकबाट दुई जनाले स्वतन्त्र रूपमा सहभागिता जनाउनेछन् ।

 

प्रकाशित :चैत्र २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्