Teej banner

प्रशान्तको दौड

- साप्ताहिक संवाददाता

चैत्र १, २०७४

चलचित्र ऐश्वर्यको व्यवसायिक सफलतापछि मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार कलाकारका रूपमा स्थापित भए । खासगरी उनको संवाद बोल्ने शैली तथा व्यक्तित्वले दर्शकलाई प्रभावित तुल्यायो ।

ऐश्वर्यको त्यही सफलताले अहिले प्रशान्तलाई अत्यधिक व्यस्त बनाएको छ । उनले हरेक साताजसो नयाँ चलचित्रको प्रस्ताव पाइरहेका छन् । यद्यपि उनले ती सबै प्रस्ताव स्वीकार गरेका छैनन् । जति स्वीकार गरेका छन्, ती सबै चलचित्रलाई समय दिँदा झन्डै वर्ष दिन लाग्ने निश्चित छ । पछिल्लो समय उनले चलचित्र रानीमहलबाट हात झिके । उक्त चलचित्रबाट अलग भएपछि प्रशान्तले चलचित्र रणवीरमा अभिनय गर्ने घोषणा गरे । उक्त चलचित्र फ्लोरमा नजाँदै प्रशान्तले चलचित्र जय शम्भूमा अभिनय गर्ने समाचार सार्वजनिक भयो । जय शम्भुको शुभमुहूर्त समेत भैसकेको छ । यो चलचित्रका लागि प्रशान्तले ६ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ । आगामी दुई वर्षका लागि करिब–करिब बुक भैसकेका यी कलाकारले पारिश्रमिकको प्रसंगमा थुप्रै अभिनेतालाई समेत पछि पारेको चर्चा पनि छ । 

 

प्रकाशित :चैत्र १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्