आमाको कन्टेनरमा बास

- एजेन्सी

फाल्गुन ३०, २०७४

आर्सनल फुटबल क्लबका महत्वपूर्ण खेलाडी एन्स्ले मेटल्यान्ड नाइल्सकी आमा घरवारविहीन भएकी छिन् ।

३८ वर्षीया जुली नाइल्सका अहिले सामानहरू फ्याँक्ने ठाउँमा रहेको एक कन्टेनरमा बस्छिन् । उनका दुई छोरा भने उत्तरी लन्डनको फिन्च्लेमा वार्षिक १० करोड १५ लाख रुपैयाँ भाडा तिर्नुपर्ने भवनमा बस्छन् । जुली भन्छिन्– मेरो छोराले आफ्नो फुटबल करिअरको दुई हप्ताको तलब भत्ताबाटै मलाई घर किनिदिन सक्छ ।

आर्सनलले यो सिजनका लागि एन्स्लेलाई ४३ लाख ५० हजार रुपैयाँ प्रत्येक साता दिने शर्तमा अनुबन्ध गरेको छ । आमा घरवारविहीन भएको कुरा भने एन्स्लेलाई थाहा नभएको बताइन्छ ।

 

प्रकाशित :फाल्गुन ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्