नेपाली चलचित्रको कथा किन मजबुत हुन नसकेको होला ?

- साप्ताहिक संवाददाता

फाल्गुन ३०, २०७४

रिचर्सको कमी, कम समयमा काम सक्नुपर्ने बाध्यता तथा अन्य परिस्थिति । स्क्रिप्ट राइटरको मात्र होइन, मेकर्सको पनि भिजन क्लियर नहुनाले । 

निशा अधिकारी, अभिनेत्री

राम्रो सिमेन्ट प्रयोग नहुनाले । 

निर्मल शर्मा, अभिनेता/निर्देशक

कथामा भन्दा बढी कलाकारमा फोकस गरिने हुँदा । 

दुर्गिश नन्दिनी थापा, निर्मात्री

केही राम्रा कथामा चलचित्र नबनेका होइनन् तर अझै पनि नेपाली चलचित्र लेखनमा व्यवसायिकताको अभावमा नक्कली डाक्टर र नक्कली सर्टिफिकेटका व्यक्तिजस्तै असक्षम चलचित्र लेखकको भीड छ । 

सरोज प्याकुरेल, संगीतकार

निर्माताले चलचित्रको कथा नै राम्रो छान्न नजानेर, चलचित्रको कथालाई निर्देशकले पर्दामा उतार्न नसक्दा त्यस्तो देखिएको हो । 

मिङ्स लामा, गायिका

हुन त सबैलाई यो विषयमा मुछ्न मिल्दैन तर भन्नै पर्दा भिजन तथा क्रिएटिभीटी भएका मानिसहरूको अभावका कारण चलचित्रको कथा कमजोर हुन्छ । 

कला सुब्बा, कोरियोग्राफर

कथाकारले सही कथा अनि चलचित्र निर्माताले सही कथाकार पहिचान गर्न नसकेर । 

अर्जुन भट्टराई, गीतकार

नेपाली चलचित्रको कथा विदेशी चलचित्रको कथाबाट लिइने अथवा प्रभावित हुने हुँदा । 

दीपर्शन जंग राणा, अभिनेता

सबैले लागेरै ५० देखि ९० लाख रुपैयाँसम्म खर्च गर्ने हो । यो त दर्शकको रुचि एवं स्वादमा भर पर्ने कुरा हो । 

दिनेश डिसी, निर्देशक

अध्ययन–अनुसन्धानको कमीले । 

सुमन कुमार, गायक

कारण धेरै छन् जस्तै वास्तविक कथा नहुनु, चलचित्रको कथालाई व्यवसायीकीकरण गर्नु, काल्पनिक तथा देखासिकीमा कथा लेखिनुले पनि चलचित्रका कथा मजबुत नभएका हुन् । 

अम्बिका गुरुङ, गीतकार

कथा मजबुत भए पनि कलाकार अनि निर्देशकको कमजोरीले गर्दा कथाको मूलमर्म पर्दामा उतारिन सकेको छैन । 

विनोद सिंह, इभेन्ट मेनेजर

बढी चिटिङ हुनाले । 

दमन रुपाखेती, अभिनेता/निर्देशक

हामीमा विषयको गहन अध्ययन छैन । हामी आफ्नो समाजका ठूला कुरा मात्र हेर्छौं । स–साना विषय उठान गर्ने कार्य कौशलता एवं दक्षता नहुनु अनि अरूको नक्कल गर्ने संस्कारका कारण नेपाली चलचित्रका कथा कच्चा अर्थात् मजबुत नभएका हुन् । 

धिताल चिरिच्याँट्ट, हास्य कलाकार

कथा मजबुत हुन्छन् । मजबुत हुन नसकेको पटकथा हो । लेखकको एकलकाँटे सोच, निर्देशकको अल्छीपन, टिममा सहकार्य तथा बजेटको अभावमा पटकथा बिग्रिरहेको छ । 

जीवन पराजुली, सञ्चारकर्मी

वास्तविकतालाई नपछ्याइ अरुको नक्कल गर्न खोज्ने परिपाटि छ, त्यसैले । 

बुनु श्रेष्ठ, गायिका

कथाजस्तो भए पनि त्यसलाई निर्देशकले उत्कृष्ट तरिकाले निर्देशन गर्न नसकेर । 

रोहिया महर्जन, कोरियोग्राफर

जो पनि कथाकार हुने प्रवृत्तिले अनि अर्को कुरा कडा मेहनतको अभाव र कमजोर अध्ययनले गर्दा । 

रवि आचार्य, अभिनेता

सबै कमजोर पनि छैनन् । केही त एकदमै राम्रा पनि छन् । यसो भन्दैमा कमजोरी छैन भन्ने होइन । कथा मजबुत हुन नसक्नुमा कथाकारको मात्र होइन, निर्देशक एवं निर्माताको पनि उत्तिकै हात हुन्छ । कथामा मेहनत नै पुगेको देखिँदैन । जोसुकै निर्देशक बन्ने अनि जो कोही निर्माता बन्ने भएकाले कथामा ध्यानै नदिई हतारमा काम गर्छन् । कतिपय निर्देशकलाई राम्रो गर्नेभन्दा पनि निर्माताको आँखामा छारो हाल्दै एक्सन–कट भनेर गोजी भर्न पाए पुग्छ । कतिपयले त यो चलचित्रको जस्तो कथा लेखिदिनुपर्‍यो भनेर हिन्दी चलचित्रको कथा देखाउँछन् । मुख्य कुरा कथाका लागि समय नै दिइँदैन । 

सुरेश थापा, निर्देशक

कथा छान्न नजान्ने निर्माता–निर्देशकका कारणले हुनसक्छ । 

भुवन सुप्तिहाङ राई, गायक

मैले जति पनि नेपाली चलचित्र हेरेको छु, त्यसमा मलाई कथामा भन्दा पटकथा र टिमवर्क मजबुत नभएको महसुस हुन्छ । नेपालमा निर्देशक तथा कलाकारले गर्दा नै चलचित्रले मार खाएका छन् । कथा भन्ने शैलीमा परिर्वतन अनि अध्ययनका साथै समय निकालेर लेख्ने बानी बसाल्नु पर्छ । 

श्याम कार्की, गायक

 

प्रकाशित :फाल्गुन ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्