के तपार्ईंं सही सोच्नुहुन्छ, गलत पनि त हुन सक्नुहुन्छ ?

- जुलिया गालिफ

फाल्गुन ३०, २०७४

लडाइँको मैदानमा एउटा सैनिक युद्धरत छ । त्यो सैनिक प्राचीन समयको प्रभावशाली स्थल सैनिक वा चलाख जल सैनिक पनि हुन सक्छ । जुन खालको सेना भए पनि उसको प्रमुख जिम्मेवारी भनेको आफूले जित्नु र शत्रुलाई हराउनु नै हो । उक्त सैनिकको मस्तिष्कमा युद्ध जित्ने कुरा त्यसै आएको होइन, उसलाई कसैले उत्प्रेरणा दिएको वा जित्नका लागि हौस्याएको हुन्छ ।

अर्को कुरा, एउटा स्काउटको जिम्मेवारी अरूलाई बचाउनु हुन्छ, तर उसले सैनिकले जस्तो आक्रमण गर्दैन । उसले बचाउने जिम्मेवारी निर्वाह गर्नु पहिले नै सम्भावित खतरा पहिल्याउनुपर्छ । उदाहरणका लागि नदीमा एउटा पुल बनाउनुपर्‍यो भने, पुल बनाउने उपयुक्त स्थान पत्ता लगाउनुपर्छ र उक्त स्थानका बारेमा पर्याप्त जानकारी लिनुपर्छ । 

स्काउटले र सैनिक दुवै कामदार नै हुन्, तर सैनिक कामदारकै मानसिकतामा अघि बढ्छ भने स्काउट त्यस्तो काममा अन्य सम्भावनाको खोजीसमेत गर्छ । यसबाट के बुझ्न सकिन्छ भने कसैले पनि आफ्नो जिन्दगीका सम्बन्धमा कसरी सोच्छ वा विचार गर्छ, त्यो नै मुख्य कुरा हो । 

मानिसको सोच र विचारबीच कसरी भिन्नता आउँछ भन्ने कुराका लागि १९ औं शताब्दीतिर फ्रान्समा घटेको एउटा घटना सान्दर्भिक हुनसक्छ । सन् १८९४ मा फ्रान्समा एउटा टुक्रा कागजले त्यहाँको सेनाभित्रको राजनीतिलाई सतहमा ल्याइदिएको थियो । घटनाअनुसार फोहोरको एउटा डंगुरमा एक जना सैनिक अधिकारीले एउटा कागज फेला पारे । त्यो कागज टुक्रा–टुक्रा थियो । जब ती सैनिक अधिकारीले कागजका ती टुक्रा जोडेर हेरे, त्यहाँ उनले एउटा खतरनाक जासुसी क्रियाकलापको रहस्य थाहा पाए । उक्त कागजको टुक्राबाट फ्रान्सेली सेनाका बारेमा शत्रु राष्ट्र जर्मनीका लागि त्यहींको कुनै सेनाले जासुसी गरिरहेको निचोड निकालियो । 

उक्त रहस्योद्घाटनसँगै सोधपुछको ठूलो अभियान नै सुरु भयो । उक्त सोधपुछका क्रममा सेनाका सबै अधिकारीको नजर एक यहुदी सैनिक अधिकारी ड्ेरफसतर्फ मोडियो । त्यसको प्रमुख कारण ड्रेसफ फ्रेन्च सेनाका एक मात्र यहुदी थिए, तर यसअघिका उनका क्रियाकलापले उनी कुनै त्यस्ता क्रियाकलापमा सामेल भएको आशंकासमेत गरिएको थिएन । न त उनी त्यस्तो अपराध गर्नुपर्ने अवस्थामा थिए । ड्रेसफप्रति सन्देह गर्नका लागि प्रेmन्च सेनासँग रहेको एक मात्र तर्क उनी यहुदी हुनु नै थियो, किनभने त्यतिबेला फ्रेन्च सेना यहुदी समुदायविरुद्ध लक्षित थियो । त्यही भएर ड्रेसफमाथि अनुसन्धान थालिएको थियो । त्यो हस्तलिखत कागजमा लेखिएका शब्दहरू केही हदसम्म उनको हस्ताक्षरसँग मिल्न पुग्यो, जसले ड्रेसफमाथि फ्रेन्च सेनाका अधिकारीहरूको सन्देह थप बलियो भयो । अनुसन्धानको क्रम कागजको त्यो टुक्राबाट ड्रेसफको घरसम्म पुग्यो । ड्रेसफको घरमा गरिएको खानतलासीमा फ्रेन्च सैनिक अधिकारीहरूले कुनै ठोस सुराक फेला पार्न सकेनन् । त्यसबाट ती अधिकारीहरू ड्रेफसले सबै प्रमाण नष्ट गरिसकेको निष्कर्षमा पुगे । 

त्यसपछि ती सैनिक अधिकारीहरू ड्रेफसको विगतको निजी जीवनसम्बन्धी जाँच गर्न थाले । उनले विद्यालयमा पढ्दादेखि नै विदेशी भाषा सिकेका थिए । ड्रेसफले विदेशी भाषा सिक्नुको उद्देश्य विदेशी सरकारलाई सहयोग गर्ने मनसाय हो भन्ने तर्क प्रस्तुत गरियो । अझ रमाइलो कुरा त के भने उनको स्मरणशक्ति बलियो हुनुलाई ती सैनिक अधिकारीहरूले ड्रेफसको जासुसीको एक महत्वपूर्ण पाटो माने ।

त्यो मुद्दा बिस्तारै सेनाको माथिल्लो तहसम्म पुग्यो र ड्रेफसलाई कसुरदार ठहराइयो । त्यसपछि ड्रेफसलाई बजारमा लगियो अनि उनको बर्दी खोलियो, पदक खोसियो र ती बर्दी तथा पदक दुई तरबारका बीचमा राखी त्यसलाई ‘ड्रेफसको बेइज्जति’ नाम दिइयो । त्यसपछि ड्रेफसलाई डेविल्स आइल्यान्ड अर्थात् सैतानको टापुमा लगेर आजीवन कारावासको सजाय सुनाइयो । उनलाई जहाँ लगियो त्यहाँ उनले प्रत्येक दिन कष्टकर जीवन बिताउनुपर्‍यो । त्यसपछिका दिनमा ड्रेफसले फ्रेन्च सरकारलाई थुप्रै चिठी लेखे । त्यसमा उनले आफू निर्दोष भएको अनेकौं प्रमाण पनि पठाए । उनले आफ्नो मुद्दामा पुनर्विचार गर्न आग्रह गरे, तर फ्रान्सले त्यो मुद्दा टुङ्ग्याइसकेकाले पुनर्विचार नगर्ने बतायो । 

ड्रेफसको मुद्दामा फ्रेन्च अधिकारीहरूको पुर्व मनस्थितीनै के थियो भने ड्रेफस यहुदी हुन् त्यसैले दोषी पनि हुन् । उनीविरुद्धको अनुसन्धानको प्रारम्भबिन्दु नै उनी यहुदी हुनु थियो । त्यसैले भनिन्छ, नियतका साथ लागियो भने अपर्याप्त प्रमाणका बावजुद पनि जो कसैलाई दोषी प्रमाणित गर्न सकिन्छ । 

वैज्ञानिकहरू यसलाई प्रेरित तर्क मान्छन् । यस्तो बेला चेतनाले काम नगर्दा सबैखालका प्रेरणा निरर्थक हुन्छन्, हाम्रा कामनाहरू आशंकामा बदलिन्छन्, हामीले सम्झने वा जानकारी लिएका कुराहरू कहीँबाट प्रभावित हुन्छ । यस्तो अवस्थामा कुनै एउटा कुरा सही वा गलत जे भएपनि आफ्नो मुलुकका विरुद्ध शत्रु पक्षलाई गुह्य कुराहरूको जानकारी दिनेहरू सबै देशका शत्रु हुन् भन्ने लाग्छ । यस्तो अरू कसैबाट प्रेरित तर्कलाई सैनिक मानसिकता मानिन्छ । 

सम्भवत: त्यो फ्रेन्च यहुदीले सेनाविरुद्ध अपराध गरेको थिएन, तर खेल वा राजनीतिमा उसले त्यस्तो नियति बेहोर्नुपर्‍यो । यदि रेफ्रीले तपाईंले चाहेको समूहलाई फल दियो भने तपाईंलाई लाग्छ त्यो रेफ्री गलत छ तर त्यही रेफ्रीले तपाईंको विपक्षीलाई फल दियो भने तपाईंलाई त्यही राम्रो लाग्छ । यहाँ फेरि त्यही रेफ्री ठीक हुन्छ । स्वास्थ्य, मतदान, कुनै कामप्रतिको नैतिक जिम्मेवारी आदिले हामीलाई कहीँ न कहीँ प्रभाव पार्न सक्छ । त्यस्तो प्रभावलाई हावी हुन दिनु नै सैनिक मानसिकता हो । सैनिक मानसिकताको सबैभन्दा डरलाग्दो पक्ष भनेको अचेतन स्वभाव हो, जसका कारण निष्पक्ष तथा न्यायको कठघरामा उभिनसमेत डर लाग्छ र त्यहाँ कुनै निर्दोषको जीवन तहसनहस हुन्छ । 

माथि उल्लेख गरिएको फ्रेन्च काण्ड त्यहीँ सकिदैन । अब त्यहाँ आउँछन् कर्नेल पिकार्ट, उनी फ्रेन्च सेनाका माथिल्लो तहका अधिकारी हुन् । अन्य अधिकारी सरह उनी पनि ड्ेरफसलाई अपराधी मान्थे । अन्य सैनिक अधिकारी जस्तै उनी पनि यहुदी विरोधी थिए तर एकपटक उनमा के सोच आयो भने– कतै हामी सबै ड्ेरफसका बारेमा गलत त छैनौं ? यता ड्रेफसलाई प्रमाण मिलेको भनेर जेल हालिएपछि पनि जर्मन पक्षलाई फ्रान्सको सैनिक सूचना चुहिरहेकै थियो । त्यसका बारेमा कर्नेल पिकार्ट आफैले आन्तरिक अनुसन्धान सुरु गरेका थिए । उनको अनुसन्धानले के देखाएको थियो भने– अर्को एक जना सैनिक क्याडरको अक्षर पनि उक्त च्यातिएको कागजको टुक्रामा कोरिएका अक्षरहरूसँग ड्ेरफसको अक्षर भन्दा राम्रोसँग मिल्छ । त्यसपछि कर्नेल पिकार्टले आफ्नो अनुसन्धानको निष्कर्ष आफूभन्दा माथिल्लो निकायलाई बताए तर माथिल्लो निकायका अधिकारीहरूले त्यसको कुनै वास्ता गरेनन् । आफ्नो खोजका बारेमा बुझाउन कर्नेल पिकार्टले पटक–पटक सफाइ दिनुपर्‍यो । वरिष्ठ अधिकारीहरू भन्थे– तिमीले यति मात्र देखाउन सक्यौं यहाँ अर्को एउटा जासुस पनि छ, जसले ड्रेफसको लेखाइ नक्कल गर्न सिक्यो ।

त्यसपछि उसले ड्रेफस जेल गएपछि जासुसीको काम आफ्नो हातमा लियो । जे भए पनि ड्रेफस दोषी नै हो, तर कर्नेल पिकार्ट ड्रेफसलाई निर्दोष प्रमाणित गर्न लागि नै रहे परिणामस्वरुप १० वर्षपछि ड्ेरफसलाई इज्जतका साथ रिहा गरियो । त्यसका लागि कर्नेल पिकार्ट आफंैले पनि जेल जानुपर्‍यो । 

केही मानिस भन्छन्– कर्नेल पिकार्ट नायक हुन सक्दैनथे किनभने उनी आफंै यहुदी विरोधी थिए, तर उनी यहुदी विरोधी हुनुमा उनको काम वा परिवेश महत्त्वपूर्ण थियो । त्यो पक्षपात गर्ने कारण भनेको उनी पनि एक फौजी थिए तर जब उनमा सचेतना आयो र सही कुरा थाहा पाएपछि उनले जुन कुरा प्रमाणित गरेर देखाए त्यो सबैभन्दा माथिल्लो प्रेरणा हो । 

यहाँ कर्नेल पिकार्ट स्काउट मानसिकताका प्रमाण हुन् । स्काउट मानसिकता भनेको कुनै विचारलाई जिताउने वा हराउने चाहना होइन, मात्र जतिसक्दो ठीक तरिकाले सत्य के हो जान्ने चाहना हो । स्काउट मानसिकतामा जति नै सुविधाविहीन होस्, मन नपरेको होस्, गलत मानसिकताको होस् त्यसलाई सही तरिकाले हेरिन्छ । मानिसहरूले किन जानीबुझी पक्षपात गर्छन् भन्ने मानसिकताको कारण जान्न मैले केही वर्ष बिताए । मानिस कहिले अन्धो हुन्छ त कहिले पक्षपातभन्दा माथि उठ्छ वा सत्य देख्न पाउँछ वा प्रमाणहरूलाई निष्पक्ष रूपमा हेर्छ ? 

उत्तर त्यही प्रश्नमै छ । सैनिकको मानसिकता बचाउने भावनासँग जोडिएको हुन्छ, स्काउटको पनि त्यस्तै मानसिकता हुन्छ तर भावना फरक हुन्छ । स्काउट जिज्ञासु हुन्छ । कुनै नयाँ जानकारी प्राप्त गर्दा त्यसको चुरोसम्म पुग्न छटपटाउँछ । त्यो जानकारी आफ्नो विपक्षमा आउँदा ऊ त्यसलाई अझ रोचक मान्छ । धेरैजसो मानिस के भन्छन् भने आफ्नो विश्वासको परीक्षा गर, तर आफ्नो मनलाई कमजोर नबनाउ ।

सबैभन्दा राम्रो कुरा स्काउट मौलिक हुन्छ । आफ्नो व्यक्तिगत मूल्य उसको कुनै विषयमा ठीक वा बेठीक हुँदैन । त्यसैले उ कुनै पनि कुरालाई आँखा चिम्लिएर स्वीकार गर्दैन, ऊ भन्छ–म गलत हुन सक्छु तर यसको अर्थ यो होइन कि म खराब वा मूर्ख हुँ ।

यहाँ दोष होसियारीसँग जोडिँदैन, न असल ज्ञान बुद्धिसँग जोडिन्छ । यी त सबै भावनासँग जोडिएर आउने कुरा हुन् । लिटिल प्रिन्सका लेखक सेट एक्स्पेरीले भनेका छन्— यदि तपाईं जहाज बनाउँदै हुनुहुन्छ भने आफ्ना सहयोगीलाई रूख र अन्य सामान जोरजाम गर्न नलगाउनुहोस् । तपाईं एकपटक उनीहरूलाई विसाल समुद्रमा पौडिन लगाउनुहोस् । 

हामी जो कोही आफ्नो निर्णय सुर्धान चाहन्छौं भने व्यक्तिगत तथा सामाजिक भएर बाँच्न सक्नुपर्छ, पढेर मात्र हुँदैन । कुटिल, सम्भाव्यता देख्न सक्ने अनि आर्थिक रूपमा पनि उत्तिकै बलियो हुनुपर्छ । यो सिद्धान्तलाई सदुपयोग गर्न हामीले आफूमा स्काउट मानसिकताको विकास गर्नुपर्छ । हामीले आफ्नो सोच्ने तरिका बदल्नुपर्छ । सिक्ने क्रममा भएका गल्तीमा लजाउने होइन त्यसमा खुसी हुनुपर्छ । बढी संवेदनशील हुनुको साटो जब हामी जिज्ञासु हुन्छौं, तत्काललाई जे कुराको विश्वास भैरहेको हुन्छ त्यसको विपरीत जानकारी प्राप्त गर्न सकिन्छ । 

(गुलिया गालिफ अमेरिकास्थित सेन्टर फर एप्लाइड रेसनालिटी संस्थाकी संस्थापक हुन् । उनी रेसनालिटी तथा फिलोसफी अफ साइन्सजस्ता विषयमा लेख्ने तथा प्रवचन दिने काम गर्छिन् ।)

प्रकाशित :फाल्गुन ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्