Teej banner

मनोजलाई बधाई

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७४

पछिल्ला केही महिनादेखि पारिवारिक तनावमा रहेका व्यंग्यकार मनोज गजुरेलले हालै एउटा खुसीको समाचार सार्वजनिक गरेका छन् । आफ्नो प्रतिभा प्रदर्शनमार्फत पाएको अन्तर्राष्ट्रिय ख्यातिसम्बन्धी उक्त समाचारबाट गजुरेल आफैं पनि उत्साहित छन् ।

कुनै बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखी योगगुरु रामदेवसम्मका व्यक्तित्वलाई दुरुस्त उतारेर चर्चामा आएका गजुरेलले पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेका थिए ।

हाउभाउ, गेटअप, पहिरन तथा बोलीचाली नै नक्कल गरेर दुरुस्त डोनाल्ड ट्रम्प देखिएका गजुरेलले उक्त प्रस्तुति पहिलो पटक गत गाईजात्राका क्रममा काठमाडौंकै प्रज्ञा भवनमा दिएका थिए । दर्शकहरूले अत्यन्त रुचाएको गजुरेलको ट्रम्प अवतारले नेपाली मात्र होइन विदेशका सञ्चारमाध्यममा समेत राम्रो स्थान पायो । अमेरिकाकै सञ्चार माध्यमले समेत गजुरेलको उक्त कलाको प्रशंसा गरे । अहिले आएर अमेरिकाकै एउटा समाचार संस्थाले एउटा रोचक सूची सार्वजनिक गरेको छ । सीबीएस न्युजले विश्वका १८ जना कलाकारको सूची सार्वजनिक गरेको छ, जसले राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरिरहेका छन् । 

 

प्रकाशित :फाल्गुन २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्