ग्ल्यामर देखाउने महिमा

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७४

चलचित्र ‘कारबाही’बाट अभिनय यात्रा प्रारम्भ गरेकी अभिनेत्री महिमा सिलवालले ‘अप्रिल फूल’, ‘दानव’, ‘जिगोलो’, ‘सकस’ आदि गरी एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेकी छिन् ।

महिमा अभिनीत चलचित्र ‘ब्वाइफ्रेन्ड’ प्रदर्शनको तयारीमा छ । केही समय ओझेलमा रहेकी अभिनेत्री महिमा अहिले आफ्नो दिन फर्कने प्रतीक्षामा छिन् । ब्वाइफ्रेन्डले मेरा लागि एउटा नयाँ बिहानी ल्याउनेछ,’ अभिनेत्री महिमाले भनिन्– ‘यो राम्रो कथामा बनेको चलचित्र हो ।’ दर्शकले पर्दामा आफ्नो ग्ल्यामर रुचाउने कुरा बताउने महिमाले ‘ब्वाइफ्रेन्ड’मा पनि दर्शकले राम्रो ग्ल्यामर हेर्न पाउने दाबी गरिन् ।

महिमाले दुबई, मलेसिया आदि मुलुकमा प्रस्तुति दिएर चर्चा बटुलिसकेकी छिन् भने उनी आधा दर्जन पुरस्कारबाट समेत सम्मानित भैसकेकी छिन् । केही दिनपहिले अबुधावीको फल्कलोरी हलमा सम्पन्न दोस्रो म्युजिक भिडियो एवार्ड कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गरेर उक्त एवार्डसमेत आफ्नो पोल्टामा पार्न सफल महिमा अब चलचित्रमै सक्रिय रहने सोचमा छिन् । यद्यपि जस्तो पायो त्यस्तो चलचित्रमा काम नगर्ने उनको अडान छ । महिमाले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत काम गरेकी छिन् । 

 

प्रकाशित :फाल्गुन २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्