त्रिदेशीय कार र्‍याली

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७४

हिमालयन ड्राइभ सिक्स त्रिदेशीयकार र्‍यालीको उपाधि भारतका एसके अजगर अलि तथा मोहमद् मुस्तफाको जोडीले हातपारेका छन् । उनीहरूले निर्धारित साढे १६ सय किलोमिटरको दूरी पार गर्दै उक्त नतिजा हासिल गरेका हुन् । भारतको पश्चिम बंगालका अलि र मुस्तफाले उक्त प्रतिस्पर्धा समय, गति र दूरी (टीएसडी) का आधारमा सबैभन्दा सुरक्षित यात्रा गर्दै जितेका हुन् ।

र्‍यालीमा पहिलो पटक सहभागी चितवनको टाटा कारका लागि आधिकारिक विक्रेता आरवीमोटर्सका सञ्चालकद्वय विमल पौडेल र राजेन्द्र गैरे १३ सय सीसी कम समूहमा उत्कृष्ट घोषित भए । उनीहरूले टाटा टियागोबाट यात्रा गरेका थिए । 

नेपालका तर्फबाट रविनकुमार श्रेष्ठ र अमित सिलवालको जोडी तथा भीमसेनकुमार श्रेष्ठ र अमित श्रेष्ठको जोडी पनि प्रतिस्पर्धामा सहभागी थिए । र्‍यालीमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) प्रदेश नम्बर १ का संयोजक कविन श्रेष्ठ तथा सुमनकुमार श्रेष्ठ, राजेन्द्र आचार्य, राजेन्द्र ओली र सिदार्थलाल चुके, प्रशान्तकुमार पिया, धीरज कार्की, सरोज अर्यालसहितको टोली सहभागी थियो । भारतको सिलिगुडीबाट फागुन ११ गते प्रारम्भ भएको र्‍याली फागुन १६ गते दार्जिलिङमा पुगेर समापन भएको हो । र्‍याली सिलिगुडीबाट बिर्तामोड, दमक, इटहरी, लहान, बर्दिवास हुँदै पहिलो पटक नेपालको तेस्रो पर्यटकीय नगरी सौराहा पुगेको थियो । त्यसपछि भारतको मूर्ति हुँदै भुटानको फुन्सोलिङ अनि भारतको दार्जीलिङ पुगेर र्‍याली समापन भएको थियो ।

उक्त र्‍यालीले १ हजार ६ सय ५० किलोमिटरको दूरी पार गरेको थियो । प्रतिस्पर्धामा नेपालको ४ टिमसहित भारत र भुटानका गरी ४२ वटा कार सहभागी थिए । 

 

प्रकाशित :फाल्गुन २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्