अनु फेरि प्रेममा ?
फाल्गुन २७, २०७४
अभिनेत्री अनु शाहले इन्स्टाग्राममा पोस्ट गरेका केही तस्बिर तथा तीनमा लेखिएको स्टाटसलाई ध्यान दिने हो भने जो–कोहीले सहजै भन्न सक्छन्, अनु अहिले प्रेममा छिन् । अनुले आफ्नो इन्स्टाग्राममा अभिनेता सविन श्रेष्ठसँगका केही तस्बिर पोस्ट गरेकी छिन् । ती तस्बिरमा उनले अलग–अलग क्याप्सन लेखेकी छिन् । कुनै तस्बिरमा उनले मलाई मनपर्ने जोडी भनेकी छिन् भने कुनै तस्बिरमा उनले मायाको आकार झल्काउने मुटुको चित्र राखेकी छिन् ।
त्यसो त चलचित्र क्षेत्रमा अनु र सविन एक–अर्कालाई प्रेम गर्छन् भन्ने कुरा लुकेको छैन । यद्यपि जुन अनुपातमा अनुले उनीहरूको जोडीको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरिरहेकी छिन्, त्यसको ठीक विपरीत सविनले भने उनीहरूको जोडीको तस्बिर सार्वजनिक गरेका छैनन् । विगतमा प्रेममा रहेको यो जोडीको बीचमा ब्रेकअपसमेत भएको थियो । अहिले आएर उनीहरू पुन: नजिकिएको अनुले पोस्ट गरेका तस्बिरहरूबाट सहजै अनुमान लगाउन सकिन्छ ।
प्रकाशित :फाल्गुन २७, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्