कब्जियत भएमा के गर्ने

- साप्ताहिक संवाददाता

फाल्गुन २७, २०७४

 कब्जियतको समस्याबाट जोगिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खाना खाएपछि जिराको धूलो खाए पाचन क्रिया ठीक रहन्छ । 

 हरियो सागसब्जी, सलाद तथा रेशादार खानेकुरा खानुपर्छ । 

 राति चाँडै सुतेर बिहान उठ्नासाथ तीन–चार गिलास मनतातो पानी पिउनुपर्छ । 

 नियमित रूपमा व्यायाम गर्नुपर्छ । 

 चिल्लो–पिरो तथा मसालेदार खाना तथा जंक फुड खानु हुँदैन ।

प्रकाशित :फाल्गुन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्