रोशनको यो आँखामा राजनराजको संगीत

- साप्ताहिक संवाददाता

फाल्गुन २६, २०७४

चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देशनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पोखराका गायक रोशन गुरुङको स्वरमा रेकर्ड भएको ‘यो आँखाको....’ शीर्षकको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको हो । गीतका शब्दहरु शिवाकोटीसहित हरिहर आचार्यले पनि रचना गरेका हुन् । साहस शाक्यले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

निर्देशक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक रोशन गुरुङ आफैंले अभिनय गरेका छन् । पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा सुन्दर अभिनेत्री सारा शिर्पालीले गायक गुरुङलाई अभिनयमा साथ दिएकी छिन् । निशान घिमिरेद्वारा सम्पादन गरिएको भिडियोलाई सरोज अधिकारीले छायांकन गरेका हुन् । दर्शन रानाभाटले निर्माण संयोजन गरेको भिडियोमा साजन कोइरालाले ड्रोन सञ्चालन गरेका छन् ।

यो आँखाको...गीतको म्युजिक भिडियो

 

प्रकाशित :फाल्गुन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्