Teej banner

साइवर बहसमा बुद्ध वचन किर्तिमान्

- साप्ताहिक संवाददाता

फाल्गुन २६, २०७४

फागुन १९ गते टुँडिखेलमा ‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रम सम्पन्न भयो । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा हजारौं मानिसको उपस्थिति थियो । उक्त अवसरमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्याधीश, कलाकार आदि सर्वसाधारणले संयुक्त रूपमा बुद्ध वचन ‘धम्मपद’ को वाचन गरेका थिए । विश्व कीर्तिमानी परिषद् नेपालद्वारा आयोजित उक्त कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा विभिन्न  टीका–टिप्पणी भए । 

७५ हजार टुँडिखेलमा जम्मा भएर बुद्ध नेपालमा जन्मिएका भनेर फेरि प्रमाणित गरिरहनुभन्दा गोपाल पराजुलीका पाँचवटा जन्म मितिमध्ये कुनचाहिँ साँचो हो प्रमाणित गरौं न, ढिला भो ।

भानुभक्त आचार्य

जसले ‘बुद्ध’ यहाँ जन्मिए, त्यहाँ जन्मिए भन्दै मारमुङ्गी र माथापच्ची गर्छ– उसले बुद्धलाई कहिल्यै चिन्न सक्दैन ।

लेनिन बन्जाडे

नेपालमा पछिल्लो समय जन्मिएका बुद्ध यम बुद्ध र बुद्ध लामा हुन् । सिद्धार्थ गौतम बुद्ध त् तिलौराकोट राज्यमा जन्मिएका थिए ।

निशान 

हामी नेफोलीको हल्लै बढी बुद्ध नेपालमा जन्मिएका हुन् भनेर फुर्ति लगाएर के गर्ने ? यता चिनियाँहरूले बुद्धको ८० मिटर अग्लो अजंगको मूर्ति बनाएर दिनहुँ हजारौंको संख्यामा देशी–विदेशी पर्यटक भित्र्याई आम्दानी पनि गरेका छन् । हामीलाई भने बुद्ध नेपालका जन्मिएका हुन् भन्दैमा फुर्सद छैन । 

गिरिश पोखरेल

बुद्ध नेपालमै जन्मिएका हुन् भनेर विश्व रेकर्ड राख्न तम्सिने आम नेफोली र कुनचाहिँ विदेशीको पैसा पचाउन लागिपरेको आयोजक संस्थासँग मेरो प्रश्न ? भोलि श्रीलंका, थाइल्यान्ड वा भारतले १ करोड मानिस जम्मा पारेर अर्को रेकर्ड बनाए त्यसैलाई सत्य मान्ने ? केटाकेटी खेलेजस्तो नगरौं ।

दुर्गा शाही ठकुरी

बुद्ध नेपालमा जन्मिएको सार्थकता साबित गर्न सबै आ–आफ्नो ठाउँबाट लागि परांै । बुद्ध विश्वका शान्तिका अग्रदूत हुन् । भारतले आफ्नो भूमिमा जन्मिएको भनेर दुस्प्रचार गरे पनि सफल हुने छैन । बुद्धलाई बौद्ध धर्मसँग जोडेरभन्दा विश्व शान्ति अग्रदूतका रूपमा व्याख्या गरांै ।

नेपाल टिबिएन

बुद्ध नेपालमै जन्मिएका हुन् भनेर भीड थुपारेपछि क्रमश: सगरमाथा, कञ्चनजंघा, धौलागिरि हाम्रै सिरिखुरी हुन् भनेर खुलामञ्चमा दादागिरी गरौं, वाइयात ।

अक्षर काका

म नेपालमै जन्मिएको हुँ भनी प्रमाणित गर्न अब मैले के गर्नुपर्‍यो ? हामी बसेको देश नेपाल नै हो भनी प्रमाणित गर्न अब के गर्नुपर्ला ? जसरी केही बेकामे घाँसहरूले आज बुद्ध नेपालमै जन्मिएका हुन् भन्नका लागि नाटक गरेर सस्तो लोकप्रिय खोज्दैछन् ।

हेमराज थापा

बुद्ध नेपाल मै जन्मिएका हुन् भन्ने प्रमाण त छ तर प्रचार छैन । त्यसैले यस्तो प्रचारमुखी कार्यक्रमलाई विश्वभर फैलाउनुपर्छ किनभने नेपाल भन्ने देश छ भनेर विश्वका धेरै कम मानिसलाई थाहा छ । बुद्धधर्मी पर्यटक गौतम बुद्ध जन्मिएको देश भनेर भारत घुम्दा रै’छन् ।

जंगी निशान

मान्छे उतारेरै बुद्धलाई नेपालमा जन्माउने हो भने स्मरण रहोस् नेपालको जनसंख्या बराबर मानिस त भारतको रेलमा मात्र यात्रा गरिरहेका हुन्छन् । 

बेकामे

सूर्य पूर्वबाट उदाउँछ, गौतम बुद्ध नेपालमा जन्मिएका हुन् जस्ता कुराका लागि आवाज उठाइरहनु पर्दैन दुवै ध्रुव सत्य हुन् ।

इन्जिनियर ठिटो

बुद्ध नेपालमै जन्मिउन् कि भारत वा अमेरिकामा जन्मिउन् आफूलाई खाडी जान पासपोर्ट बनाउनु पर्‍या छ ।

बराल सरकार

गौतम बुद्ध नेपालमा जन्मिएको भन्ने कुरा युनेस्कोमा लिपिबद्ध छ । अशोका पिल्लर छ । मायादेवीको मन्दिर छ । बुद्धको मावली घर तिलौराकोट छ । धेरै देशका विश्वविद्यालय, स्कुल, कलेजमा यही कुरा अध्ययन गरिन्छ । बुद्ध नेपालमा जन्मिएको योभन्दा ठूलो प्रमाण के छ ?

तुल्सी पराजुली

 

प्रकाशित :फाल्गुन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्