मिडनाइट राइडर्स घन्कँदै

- राजाराम पौडेल

फाल्गुन २६, २०७४

नेपाली रक ब्यान्ड द मिडनाइट राइडर्सले आज फागुन २६ गते शनिबार पोखरा घन्काउँदैछ । पोखरा लेकसाइडस्थित रोलिङ स्टोन रक बारमा सञ्चालन हुने उक्त कार्यक्रममा ब्यान्डका जिग्मे लेप्चा, देव लामा, जिमि ब्लुज, सन्नी महत तथा सञ्जित तुलाधरले अत्तर्राष्ट्रिय रूपमा चर्चित एसीडिसी ब्यान्डका २२ वटा गीत सुनाउनेछन् ।

केहि महिनाअघि निधन भएका एसीडीसी ब्यान्डका गीतारिस्ट माल्कम योङको सम्झनामा ट्रिबुट टु एसीडीसी शीर्षकको उक्त कार्यक्रम गर्न लागिएको हो । यसअघि गत शनिबार काठमाडांैमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । साँझ ७ बजे प्रारम्भ हुने यो कार्यक्रममा प्रवेश गर्न ५ सय रुपैयाँको टिकट काट्नु पर्नेछ । 

 

प्रकाशित :फाल्गुन २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्