देशैभरी हुर्रे

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७४

निर्देशक : याम थापा कलाकार : केकी अधिकारी, विजय बराल, अनुपविक्रम शाही, राजाराम पौडेल, प्रकाश घिमिरे, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना आदि । संगीतकार : राजनराज शिवाकोटी/कालीप्रसाद बाँसकोटा ।

आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र हुर्रेको मुख्य कथा पशुपति क्षेत्रमा केन्द्रित छ । पशुपति क्षेत्रकै वरिपरि छायांकन गरिएको उक्त चलचित्रमा अभिनेत्री केकी अधिकारीले फूल बेचेर जीवन गुजारा गर्ने युवतीको भूमिका निर्वाह गरेका छिन् । 

अभिनेता अनुपविक्रम शाहीले पशुपतिमा हरेक साँझ आरती गर्ने पुजारीको भूमिका निर्वाह गरेको यो चलचित्रमा विजय बराल भने पण्डित बाजेको भूमिकामा छन् । सेन्सर बोर्डले पिजि सर्टिफिकेट दिएको यो चलचित्रको कथालाई हास्यशैलीमा अघि बढाइएको छ ।  

निर्देशक याम थापाकै कथामा तयार पारिएको यो चलचित्रलाई सोनम लामा, छिरिङ दोर्जे लामा तथा दावा शेर्पाले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा राजनराज शिवाकोटीको संगीत निर्देशनमा तयार भएको ठेकीमा दही...गीतले दर्शकहरूको मन जितिसकेको छ । यो चलचित्रका गीत राजेन्द्र थापा तथा कालीप्रसाद बाँसकोटाले लेखेका हुन् । 

प्रकाशित :फाल्गुन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्