शिल्पाको मंगलम

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७४

निर्देशक : नवल नेपाल कलाकार : शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईं, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिथिला शर्मा तथा नीर शाह । संगीतकार : दीपक शर्मा ।

छ महिनाअघि नै प्रदर्शनका लागि तयार निर्माता छविराज ओझाको चलचित्र ‘मंगलम’ अन्तत: आज शुक्रबार दर्शकमाझ पुग्ने भएको छ । अभिनेत्री शिल्पा पोखरेल निर्मात्रीका रूपमा समेत सहभागि भएको यो चलचित्रको कथा हालसम्म गोप्य राखिएको छ । 

चलचित्रको ट्रेलरलाई मान्ने हो भने यसमा त्रिकोणात्मक प्रेम कथा समावेश गरिएको अनुमान गर्न सकिन्छ । चलचित्रमा शिल्पा, पुष्प तथा पृथ्वीराजबीच प्रेम–विवाहदेखि लिएर विछोडसम्मको प्रसंग प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको यो चलचित्रका गीत यसअघि नै चर्चित भैसकेका छन् । 

कृष्ण काफ्ले तथा बिन्दु परियारको स्वरको ‘पर्खपर्ख मायालु...’ दर्शकको जनजिब्रोमा झुन्डिसकेको छ । यो गीतको भिडियोले यसै साता युट्युबमा एक करोड पटक हेरिएको किर्तिमान समेत कायम गरेको छ । सिक्किममा छायांकन गरिएको उक्त गीतमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री शिल्पा पोखरेलले नेपाली पहिरनमा सजिएर आकर्षक नृत्य गरेका छन् । 

कविराज गहतराज चलचित्र मंगलमका नृत्य निर्देशक हुन् । यो चलचित्रको बम्पर उपहार..शीर्षकको गीत पनि दर्शकले मन पराएका छन् । अभिनेत्री पोखरेल तथा अभिनेता पृथ्वीराजलाई फिचर गरिएको उक्त गीतमा प्रमोद खरेलको पाश्र्व गायन छ । 

प्रकाशित :फाल्गुन २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्