शुभेच्छा अब अभिनेत्री

- साप्ताहिक संवाददाता

फाल्गुन २४, २०७४

अन्तत: मोडल तथा पूर्व नेपाल सुन्दरी शुभेच्छा खड्का पनि चलचित्रमा आएकी छिन् । सन् २०१२ मा मिस इन्टरनेसनल नेपालको उपाधि जितेपछि उनी ग्ल्यामरकै क्षेत्रमा सक्रिय त थिइन्, तर चलचित्रमा आएकी थिइनन् ।

कान्तिपुर टेलिभिजनमा भिडियो जक्कीका रूपमा लामो समय काम गरेकी ५ फिट ६ इन्च अग्ली यी अभिनेत्रीले हाल आएर चलचित्र रणवीरमार्फत अभिनयमा करियर बनाउने निर्णय गरेकी हुन् । प्रशान्त ताम्राकारले नकारात्मक भूमिका निर्वाह गर्ने उक्त चलचित्रमा शुभेच्छाले अभिनेता सुशील सिटौलासँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

चलचित्र रणवीरमा सुशीलले शीर्षक भूमिका निर्वाह गर्दै छन् भने शुभेच्छा उनकी प्रेमिकाको भूमिकामा प्रस्तुत हुनेछिन् । ‘चलचित्रमा मैले निर्वाह गर्नुपर्ने भूमिका सशक्त लागेकैले अभिनयका लागि तयार भएकी हुँ,’ शुभेच्छा भन्छिन्– ‘रणवीरपछि पनि चलचित्रको अभिनयलाई निरन्तरता दिइरहनेछु ।’

 

प्रकाशित :फाल्गुन २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्