जन्मदिनमा विमान खरिद

- एजेन्सी

फाल्गुन २४, २०७४

फ्लोइड मेवेदरलाई विश्वकै सर्वाधिक खर्चालु खेलाडी मानिन्छ । उनी यसरी कमाउँछन् कि जति खर्च गरे पनि नसकिने पैसा उनीसँग सधैं रहन्छ । धेरै पैसा कमाउने र खर्च गर्ने हुनाले उनलाई मनि म्यानको उपनाम समेत दिइएको छ ।

अन्तर्राष्ट्रिय बक्सिङवाट हालै सन्यास लिएका मेवेदरले आफ्नो ४१ औं जन्मोत्सवको अवसर पारेर एउटा नीजि विमान खरिद गरे । यसअघि दुईवटा निजी विमानका धनी मेवेदरले यसपटक करोडौं डलर खर्च गरेर किनेको विमान अत्याधुनिक हुनुका साथै उक्त विमानभित्र विलासी सुविधाहरूसमेत उपलब्ध छन् ।

आफूसँग रहेको सम्पत्ति देखाउन कुनै किसिमको हिचकिचाहट नदेखाउने मेवेदरले आफ्नो नयाँ विमानको तस्बिर ‘एयर मेवेदर’ भन्दै इन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए । पाँच किसिमको तौल समूहमा विश्व विजेता रहिसकेका मेवेदरले अहिले किनेको विमानको सिट छालाको छ भने यसमा टेलिभिजन सेटको अत्याधिक प्रयोग गरिएको छ । 

 

प्रकाशित :फाल्गुन २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्