मिसेस् एशिया प्यासिफ ब्युटी प्याजेन्टमा गोमा र विन्दु

- रोजिन शाक्य

फाल्गुन २३, २०७४

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा लुमेरी इन्टरनेसनलको आयोजनामा संचालन हुने मिसेस् एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालका तर्फ गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गर्ने भएका छन् । 

उक्त प्रतियोगिता अन्तर्गतको मिसेस् एशिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोबल मिसेस् सुन्दरीहरुसित प्रतिस्पर्धा गर्न लागेका हुन् । 

गोमा र विन्दु दुवै जनाको सहभागिताको अवसर, व्यवस्थापन र संयोजन नेपालका लागि ड्रिम सर्च एजेन्सीले गरेको हो ।

आगामी मार्च २४ मा मलेसियास्थित कन्ट्रि गार्डेन फोनिक्स होटलमा संचालन हुने मिसेस् एशिया प्यासेफिक ग्लोबल २०१८ मा सहभागि हुने नेपाली प्रतिनिधि गोमा अधिकारी मिसेस् हिमालयन २०१८ का विजेता हुन् । उनले सो प्रतिस्पर्धामा वेष्ट पर्सनालिटी र वेष्ट ड्रेस विधाको अवार्ड पनि जितेकी थिइन् । कुकिङ, भ्रमण तथा गार्डेनिङमा रुचि राख्ने ३९ वर्षिया गोमा समाज सेवामा सक्रिय रहँदै आएकी छिन् । 

मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टल २०१८ मा सहभागि हुने नेपाली प्रतिनिधि विन्दु लामा मिसेस् हिमालयन २०१८ का फस्ट रनर अप विजेता हुन् । तीस वर्षिया विन्दु नर्सिङ पेशामा आबद्ध भैसकेकी र सोही विषयमा मास्टर्स गर्ने तयारीमा रहेकी छिन् ।

प्रकाशित :फाल्गुन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्