Teej banner

ओलम्पिकमा कार चोरी

- एजेन्सी

फाल्गुन २३, २०७४

प्योङचाङमा आयोजित हिउँदे ओलम्पिक प्रतियोगितामा क्यानाडाका तर्फवाट सहभागी खेलाडी तथा अधिकारीहरूलाई कार चोरीको अभियोग लागेको छ । क्यानाडाका स्की खेलाडी डेभिड डुकान, उनकी श्रीमती माजा तथा टिमका म्यानेजर बिली रेनीलाई कार चोरीको अभियोगमा दक्षिण कोरियाली प्रहरीले पक्राउ गरेको हो ।

ओलम्पिक प्रतियोगिता स्थलमा एउटा सवारी साधन इन्जिन अफ नगरी छोडिएको अवस्थामा फेला परेपछि टिमका म्यानेजर बिलीले उक्त सवारी साधन चलाएका थिए । डुकान र माजा पनि सोही सवारी साधनमा यात्रा गरिरहेका बेला प्रहरीले त्यसलाई रोक्ने प्रयास गर्दा उनीहरू भागेका थिए । पक्राउपछि उनीहरूलाई अहिले धरौटीमा दक्षिण कोरिया छोड्न नमिल्ने गरी रिहा गरिएको छ । यता क्यानेडियन ओलम्पिक कमिटीले उनीहरूले नियतवस सवारी साधन चोरेको नभै रमाइलोका लागि अरूको सवारी साधन चलाएकाले चाँडै घर फिर्ती गराउन अपिल गरेको छ ।

 

प्रकाशित :फाल्गुन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्