‘गाँजा बाजा’ सेन्सर पास

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७४

शिर्षक कै कारण बिवादमा परेको चलचित्र गाँजा बाजाले सेन्सर पास गरेको छ । गणेशदेव भट्टले निर्देशन गरेको यो चलचित्रले ‘एडल्ट’ सर्टिफिकेट प्राप्त गरेको छ । सेन्सरबाट पाएको सेर्टिफिकेटसँगै यो चलचित्र १६ वर्ष मूनीका दर्शकले हेर्न नपाउने भएका छन् । 

यो चलचित्र २५ गतेबाट अलनेपाल रिलिज हुने चलचित्रको कुनै पनि अंश नहटाइएको निर्देशक पाण्डेले जानकारी दिए ।

भूकम्प पछीको समयमा गाँजाको लागि मरिमेट्ने युवाको गाँजा हन्टिङको १ दिने कथामा बनेको यो चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

 

प्रकाशित :फाल्गुन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्