बेलायतमा भब्य सांस्कृतिक कार्यक्रम

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७४

बेलायतको हाइस्ट्रीट एल्डरसट ह्याम्पसायरमा भब्य सांस्कृतिक कार्यक्रम हुँदै छ । ‘थर्ड आइ टिम’को आयाजनामा ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ हुने भएको हो । कार्यक्रम मार्च १७ तारिख मा हुने छ । कार्यक्रममा नेपालबाट चर्चित कलाकारले सहभागीता जनाउने छन् । 

एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा हुने भब्य कार्यक्रममा आनन्द कार्की, मीरा राणा, सुकमित गुरुङ, मीना निरौला पोखरेल, राजु राजबाहक लगायतका कलाकारले सहभागीता जनाउने भएका हुन् । सरु थापा, रवि डंगोल, श्याम अर्याल, नम्रता योगी र मौषमी गुरुङले पनि कार्यक्रममा सहभागीता जनाउने छन् । 

थर्ड आइले गत वर्ष लण्डनमा ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ आयोजना गरेको थियो । अहिले कार्यक्रमको भब्य रुपमा तयारी भईरहेको बेलायतबाट कार्यक्रमका संयोजकद्धय बिकास देवकोटा र बिष्णु गुरुङले बताएका छन् । 

 

प्रकाशित :फाल्गुन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्