सामाजिक सम्बन्ध नै दीर्घजीवनको सूत्र

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७४

एउटा रोचक तथ्य— गुलाफी रंगमा विकसित यो संसारमा हरेक ठाउँका महिला पुरुषको तुलनामा औसत ६ देखि ८ वर्ष बढी बाँच्छन् । धनी देशका पुरुषहरू त्यहाँका महिलाहरूको तुलनामा छिटो मर्ने सम्भावना दुई गुणा बढी हुन्छ । 

यद्यपि यो संसारमा एउटा यस्तो स्थान छ, जहाँ पुरुष उति नै दीर्घायु हुन्छन्, जति महिला । त्यो स्थान इटालीको सार्डिनियामा पर्छ । यो क्षेत्रमा अन्यत्रको तुलनामा ६ गुणा बढी शतायु पुरुष छन् । 

तर, किन अनि कसरी ? ममा जिज्ञासा उत्पन्न भयो । मैले त्यो स्थान तथा त्यहाँ बस्ने मानिसहरूको आनीबानीमाथि अनुसन्धान गर्ने निर्णय लिए । त्यो अनुसन्धान मैले आनुवांशिकी प्रोफाइलबाट सुरु गरे । अनुसन्धानको प्रारम्भिक चरणमै त्यहाँका मानिसहरू दीघार्यु हुनुमा २५ प्रतिशत कारण उनीहरूको आनुवंशिकी र ७५ प्रतिशत कारण जीवनशैली रहेको पाइयो । 

१ सय वर्षभन्दा बढी बाँच्न के चाहिन्छ ? तिनीहरू लामो आयु बाँच्न के गरिरहेका छन् ? सार्डिनियाको एउटा गाउँ विलाग्रान्डे छ, जहाँ म यो अनुसन्धान गर्न पुगें ।  

जब हामी औद्योगिक क्रान्तिको दिशामा गयौं तब हाम्रा प्राथमिकताहरू बदलिए । संक्रामक रोगहरू मानिसका लागि खतरा बन्दै गए । सामाजिक विभेदले समेत सार्वजनिक स्वास्थ्यको क्षेत्रमा नयाँ खालको जोखिम निम्त्यायो । यद्यपि त्यसका विपरीत सार्डिनियाको विलाग्रान्डे गाउँका सयौं मानिस शतायु जीवन बाँचिरहेका छन् । त्यसको रहस्य के हो त ? आउनुहोस् त्यसरी शतायु जीवन जिउने केही व्यक्तिलाई भेटौं । 

जियुसिपे मुरिनु १ सय २ वर्षका छन् । एक शतायु व्यक्ति एवं विलाग्रान्डे गाउँका एक आजीवन निवासी । उनी एक पन्छी सरह जीवन जिउँछन्, त्यसकारण उनी जंगलमा केही खोज्न सक्थे, एक होइन, दुई विश्वयुद्धका दौरान उनी र उनकी पत्नी, जो १ सय वर्षभन्दा धेरै जीवित रहिन्, ले कसरी ६ जना केटाकेटीको एउटा सानो घरेलु भान्सामा पालनपोषण गरे, त्यसका बारेमा मैले उनीसँग कुराकानी गरे । घरमा उनी आफ्ना छोरा एन्जेलो र डोमिनीकोसँगै बस्थे, ती दुवै छोराको उमेर पनि ७० वर्षभन्दा बढी थियो । उनीहरू म र मेरी छोरीप्रति एकदमै स्पष्ट र संवेदनशील थिए । मेरी छोरी यो अनुसन्धान यात्राका क्रममा मसँगै थिइन । सामाजिक सामन्जस्यताको दोस्रो पक्ष अपरिचित र बाहिरी मानिसहरूबाट सावधान रहनु हो । जियुसेप शंकालु थिएनन् । उनी एक असल मानिस थिए, एक सकारात्मक दृष्टिकोण भएका बहिर्मुखी मानिस । के उनको असलपन नै उनी १ सय वर्ष वा त्योभन्दा बढी जिउनुको रहस्य थियो ?  

अब गियोवन्नी कोरिरलाई भेटौं, उनी १ सय १ वर्षका छन् । मैले अहिलेसम्म जति पनि मानिसलाई भेटे ती मध्ये उनी सबैभन्दा क्रोधी र सन्की थिए । उनले यो धारणालाई गलत सावित गरे कि दीर्घ जीवन जिउन सकारात्मक सोच नै हुनुपर्छ । जब मैले उनलाई सोधे उनी यति धेरै समयसम्म किन जीवित छन् ? उनले मलाई हेरेर आँखा झुकाउँदै भने– कसैले मेरो दीर्घ जीवनको रहस्य जान्नु आवश्यक छैन ।

तर, कटु हुनुका बाबजुद, उनकी भतिजी, जो उनीसँगै बस्थिन् र उनको हेरचाह गर्थिन्, ले भनिन्– मैले त्यसरी प्रश्न सोध्नु उनको स्वतन्त्रतामाथिको आघात थियो । ‘तपार्ईंंहरू बुझ्नुहुन्न ? मलाई आफ्ना काकाको हेरचाह गर्दा निकै आनन्द लाग्छ । 

अर्का पात्र जियोवानीका दुई भतिजी छन्, ठूली भतिजी सारा तथा सानी मारिया । म त्यहाँ हुँदा सारा ताजा फलफूल र तरकारी लिएर आइन् । मलाई त्यहाँ बस्दा के थाहा भयो भने त्यो क्षेत्रमा, जब मानिसहरूको उमेर बढ्छ उनीहरू सदैव विस्तारित परिवार, मित्रहरू, छिमेकी, पुजारी, मधुशाला, नोकर र किरानावालाहरूद्वारा घेरिन्छन्, त्यतिबेला उनीहरू कहिल्यै एक्लो हुँदैनन् । 

मैले त्यहाँ केवल पुरुषहरूलाई मात्र भेटिनँ । केही महिलासँग पनि भेटघाट गरें । तीमध्ये जिया टेरेसा एक हुन् । उनले १ सय वर्षको आयु पार गरेको रहस्य खोतल्दै मलाई स्थानीय विशेष चिया बनाउन सिकाइन्, जसलाई ‘कीलुर्जिनेस’ भनिन्छ, उनले पास्ताका ठूला पकेटहरू देखाइन् र त्यसलाई ठीक तरिकाले कसरी बनाउने भन्ने कुरा सिकाइन् । उनी हरेक आइतबार आफ्नी छोरीसँग मिलेर पास्ता बनाउँछिन्, जसमा चिल्लो—पिरो, गुलियो र मासुको मात्रा बढी हुन्छ, उनी उक्त पास्ता परिवार अनि छिमेकीहरूबीच बाँड्छिन् । त्यसपछि मलाई थाहा भयो कि त्यो क्षेत्रमा १ सय वर्ष बाँच्नुको रहस्य कम बोसोयुक्त वा गुलियो खाना पनि होइन । 

यी शतायुको कथा एवं त्यस पछाडिको विज्ञानले म स्वयं आफैंलाई पनि केही प्रश्न सोध्न प्रेरित गर्‍यो । एउटा प्रश्न, जब म मर्ने क्रममा हुनेछु त्यतिबेला त्यो दिनलाई म कसरी टार्न सक्छु ? जुलियन होल्ट–लुनस्टैड ब्रिङ्घम योङ युनिभर्सिटीकी एक महिला अनुसन्धानकर्ता हुन्, उनले यो प्रश्न आफ्नो अध्ययन श्रृखलामा हजारौं मध्यम आयु वर्गका मानिसहरूसमक्ष राखिन् र उनले तिनीहरूको जीवनका सबै पक्षमा अध्ययन गरिन् । जस्तो खाना, ब्यायाम, तिनीहरूको वैवाहिक स्थिती, तिनीहरू कति पटक डाक्टर कहाँ जान्छन्, के उनीहरू धूम्रपान वा मदिरापान गर्छन इत्यादि । उनले ती सबै कुरा रेकर्ड गरिन् । त्यसपछि उनका सहयोगीहरूले सात वर्षपछि त्यही गाउँमा पुगेर त्यतिबेला जीवित रहेका ब्यक्तिहरू समक्ष प्रश्न तेस्र्याए— उनीहरूको मर्ने अवसरलाई के कुराले सबैभन्दा कम गर्‍यो ? 

अब उनीहरूको जीवनको आधार–सामग्रीको सारांश हेरौंैं । के जीवनको रहस्य सबैभन्दा जान्ने वा नजान्ने भविष्यवक्ताको भविष्यवाणी हो त ? अथवा त्यसको कारण स्वच्छ हावा, जसका बारेमा कुनै भविष्यवाणी हुँदैन ? अथवा तपार्ईंंको उच्च रक्तचाप, जसको राम्रो उपचार भैरहेको छ ? अर्को कुरा हो, तपार्ईंंं कत्तिको व्यायाम गर्नुहुन्छ ? के तपार्ईंंंसँग ह्दयसम्बन्धी कुनै घटना घटेको छ र, तपाईं त्यसको उपचार गराइरहनुभएको छ ? हुन सक्छ तपाईंले गर्ने ब्यायाम वा उपचार आवश्यकताभन्दा बढी भैसकेको हुन सक्छ । तपार्ईंंंले फ्लु भ्याक्सिन लिनुभयो भने त्यसले तपार्ईंंलाई व्यायामभन्दा बढी सुरक्षा दिन्छ भन्ने कुरा त्यो गाउँमा कसैलाई थाहा छैन् । यी कुराहरूले त्यो गाउँको दीर्घजीवनको रहस्यसँग कुनै सरोकार राख्दैनन् । 

अर्को कुरा त्यो गाउँमा तपार्ईंं ऋण लिने कुरामा चिन्ता गर्नुहुन्छ । यस्तो चिन्ताका बेला जब तपार्ईंं सहज अनुभव गर्नुहुन्न भने तपाईका आफन्तहरू डाक्टरलाई फोन गर्छन्, वा तपार्ईंंंलाई अस्पताल लिएर जान्छन्, तपार्ईंं अस्तित्वको संकटसँग जुधिरहेका बेला वा तपाई निराश हुँदा पनि तपाईको हेरचाह गर्ने ब्यक्ति तपाईंसँगै हुन्छन् । त्यस्ता व्यक्तिहरूको जिम्मेवारीले मलाई आश्चर्यचकित तुल्याएको छ, जसलाई सामाजिक अखण्डता भनिन्छ, जुन अन्यत्रको सामाजिक संरचनामा असम्भवजस्तै लाग्छ । के तपार्ईंं यस्तो व्यक्तिसँग कुराकानी गर्नुहुन्छ, जो तपार्ईंंका लागि कफी बनाउँछ ? के तपार्ईंं हुलाकीसँग कुरा गर्नुहुन्छ ? के महिलासँग कुरा गर्नुहुन्छ, जो हर दिन घरमा कुकुरसँग दिन बिताउँछिन् ? के तपार्ईंं पुल वा पोकर खेल्नुहुन्छ ? के तपार्ईंंसँग पुस्तक छ ? यस प्रकारका गतिविधि नै त्यो गाउँका मानिसहरू कति बाँच्छन् भन्ने कुराको सबैभन्दा बलियो आधार हो । 

अब, यो तथ्यले मलाई अघिल्लो प्रश्नतर्फ लान्छ । कुनै पनि अन्य गतिविधिको तुलनामा यदि हामी अनलाइनमा बढी समय बिताउँछौं, एक दिनमा ११ घण्टासम्म, पछिल्लो वर्षको तुलनामा एक घण्टा बढी, के यसले केही फरक पर्दैन ? व्यक्तिसँग प्रत्यक्ष अन्तक्र्रिया गर्नुमा र सामाजिक सञ्जालमार्फत अन्तक्र्रिया गर्नुमा के भिन्नता छ ?  

प्रत्यक्ष सम्पर्कले हाम्रो शरीरमा न्युरोट्रान्समिटरझै वा कुनै रोग विरुद्धको खोपझै हाम्रो रक्षा गर्ने काम गर्छन् । सामान्य रूपमा भन्नुपर्दा कुनै व्यक्तिसँग आँखा जुधाएर कुरा गर्नु, हात मिलाउनु, कसैलाई अंकमाल गर्नुजस्ता कुरा हाम्रो शरीरमा अक्सिटोन उत्पादन गर्न पर्याप्त हुन्छन्, जसले हाम्रो मनमा अरुप्रति विश्वास गर्ने तह पनि बढेर जान्छ । त्यसले थकानसमेत कम गर्छ र त्यसले हाम्रो शरीरमा डोमानी हार्मोन उत्पन्न हुन्छ, जसले हाम्रो शरीरको पीडा कम गर्छ । यो प्राकृतिक रूपमा उत्पन्न हुने मोर्फिन हो । 

यी सबै कुराहरू जब हाम्रा सचेत मनको राडार हुँदै ग्रुजन्छन्, तब हामी अनलाइन गतिविधिलाई यथार्थको नजिक लान खोज्छौं । यसका बारेमा न्युरो साइन्सका केही तथ्य हेरौं, मेरिल्यान्ड विश्वविद्यालयकी न्युरो साइन्टिस्ट एलिजावेथ रेडकेले यो अन्तरलाई बुझ्ने प्रयास गरिन् कि हाम्रो मस्तिष्कमा के चलिरहेको हुन्छ, जब हामी व्यक्तिगत रूपमा कुराकानी गरिरहेका हुन्छौं वा हामी केही स्थिर वस्तु देखिरहेका हुन्छौं ? उनले यो विषयमा अध्ययन गर्ने क्रममा मानिसहरूको दुई समूहबीच देखा पर्ने मस्तिष्क प्रक्रियाको तुलना समेत गरिन् । यसको परिणाम के देखियो भने तिनीहरू जोसँग प्रत्यक्ष कुराकानी गरियो उनीहरू, ती मानिसहरू जो उक्त कुराकानी भैरहेको विषयलाई भिडियोमार्फत हेरिरहेका थिए, को तुलनामा बढी सकारात्मक थिए । 

जब तपार्ईंंको मस्तिष्क वास्तविक सामाजिक सम्पर्कमा हुन्छ त्यतिबेला तपार्ईंं मस्तिष्कको गतिविधिमा रहेको अन्तरलाई सहज रुपमा अनुभूति गर्न सक्नुहुन्छ । जुन कुरा ध्यानसँग जोडिएको हुन्छ, सामाजिक बुद्धिमता— यसको अर्थ हो यो आशा गर्नु कि को–के सोचिरहेको छ वा महसुस गरिरहेको छ वा योजना बनाइरहेको छ ? जब हामी प्रत्यक्ष अन्तक्र्रिया गरिरहेका हुन्छौं तब मनले बढी आनन्द महसुस गर्छ । 

५ सय कम्पनीले गरेको एक संयुक्त अनुसन्धानअनुसार मानिसको बोली मात्र सुन्दा उनीहरू बढी विवेकयुक्त ठहरिएको, इमेल चिठी र शब्दमा भन्दा उनीहरू प्रत्यक्ष बोल्दा मानिसलाई भिन्न रूपमा छुट्याउन सकिएको थियो । हाम्रो आवाज र शरीरको भाषाले राम्रो संकेत व्यक्त गर्छन् । यसबाट थाहा हुन्छ कि हामी विचारवान् अनि संवेदनशील मानिस हौं । निकोलस एप्पलीको नेतृत्वमा गरिएको यो अनुसन्धान शिकागो युनिभर्सिटीको व्यवसायिक विद्यालयको भन्दा निकै भिन्न छ, किनभने यसले हामीलाई सरल कुरा बताउँछ । 

अब फर्केर मुल विषयतर्फ जाऔं, महिलाहरू पुरुषभन्दा बढी बाँच्छन् ? यसको सबैभन्दा मुख्य कारण महिलाहरू आफ्नो जीवनभर नाता सम्बन्धलाई उच्च स्थानमा राख्छन् र यही नाता सम्बन्धलाई कायम राख्न हरेक पल प्रयास गरिरहेका हुन्छन् । अध्ययनअनुसार यही आत्मीयताले एउटा जैविक शक्ति उत्पादन गर्छ, जसले रोगहरूसँग लड्ने क्षमता बढाउँछ ।

यस्तै, सम्बन्धका कारण सामाजिक रूपमा परिचालित हुने मानिस लामो समयसम्म बाँचेका थुप्रै उदाहरण छन् । एउटी एकल असामाजिक महिलाभन्दा क्यान्सर भएकी महिला चार गुणा बढी बाँचेको पनि पाइएको छ । 

मान्छे— मान्छेको सम्बन्धलाई हामी आ–आफ्नो सहरभित्र ल्याउँ, हाम्रो कार्यक्षेत्रमा ल्याउँ, हाम्रो दृष्टिकोणमा ल्याऊँ, जसले गर्दा हामीमा रोगसँग लड्ने क्षमता वृद्धि होस्, हाम्रो रगतको नसामा सन्तुष्टि होस्, हाम्रो मस्तिष्कमा पनि राम्रो भावना फैलिओस् र हामी धेरै बाँच्न सकौं । 

(लेखक सुसन पिन्कर रचित द सेक्रेट अफ लिभिङ लङ्गर मे वी योर सोसल लाइफको भावानुवाद)

प्रकाशित :फाल्गुन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्