गाँजाबाजा युवाहरुको गाँजा हनटिङ्गको कथा

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७४

नामकै कारण निर्माण घोषणा देखी नै विवादमा फसेको चलचित्र ‘गाँजाबाजा’ को चर्चा ट्रेलर रिलिज पछि अझ चुलिएको छ  ।

ट्रेलरमा समावेश डाइलगका कारण सेन्सरका समयमा पुन बिवाद उत्पन्न  हुने त है भन्ने प्रश्न पनि उत्पन्न भएको छ । 

‘गाँजाबाजा भुकम्प पश्चातको समयमा युवाहरुको गाँजा हनटिङ्गको कथा हो’ पोखरामा चलचित्र निर्देशक गणेश देव पाण्डेले भने ‘फिल्म गाँजाको नशाको लागी जे पनि गर्नेहरुको एक दिनको कथा हो ।’

निर्देशक पाण्डेको पहिलो चलचित्र ‘मन्जरी’ नेपाली दर्शक धेरैले मन पराए  । मञ्जरी तामील चलचित्र  ‘काधला’ को नेपाली रिमेक हो  । 

निर्देशक पाण्डेले ‘गाँजाबाजा’ कुनै पनि चलचित्रको रिमेक वा एडप्टेड नभएको दाबि गरे । चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय रहेको छ । 

 

प्रकाशित :फाल्गुन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्