Teej banner

मिस सुपर वल्र्ड वाइडमा आसिना देउला

- रोजिन शाक्य

फाल्गुन २१, २०७४

 

‘ब्युटी विथ इन्टीलेक्ट’ नारा सहितको नयाँ अन्तर्राष्ट्रिय मोडलिङ सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल वल्र्ड वाइड २०१८’ मा नेपालको तर्फबाट आसिना देउलाले प्रतिनिधित्व गर्ने भएकी छिन् । भारतको नयाँ दिल्लीमा यही चैत्र १ देखि १२ गते सम्म संचालन हुने सो प्रतियोगितामा नेपाल सहित अष्ट्रेलिया, अजरबैजान, फ्रान्स, घाना, भारत, इन्डोनेशिया, इजराइल, जमैका, जापान, केन्या, मलेसिया, मेक्सिको, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, रसिया, केन्या, म्यानमार, भेनेजुएला, जिम्बावे लगायत विश्वका तीन दर्जन भन्दा बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहनेछ । 

उक्त प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था नेप्लीज काउन्सिलका दिपेन्द्र रत्न शाक्यका अनुसार अनुभव र क्षमताको आधारमा आन्तरिक छनौटका आधारमा आसिना देउला मिस सुपरमोडल वल्र्ड वाइड २०१८ का लागि नेपालका तर्फबाट प्रतिनिधि निक्र्यौल गरिएकी हुन् । जुबिलियन्ट कलेजमा होटल म्यानेज्मेन्टकी विद्यार्थी काठमाडौं निवासी १९ वर्षिया आसिना यस अघि २०१५ को एसएलसी प्रिन्सेस् वेष्ट हेयर र वेष्ट ड्रेस उपाधि विजेता हुन् भने उनले नेपाल मेकअप कम्पीटिसन २०१७ का विजेता सहभागिका लागि मोडल थिइन् । 

‘रुबरु ग्रुप’को आयोजनामा संचालन हुने मिस सुपरमोडल वल्र्ड वाइड २०१८ को फाइनल प्रतिस्पर्धा चैत्र १२ गते दिल्लीस्थित किङडम अफ ड्रिम्स अडिटोरियममा सम्पन्न हुनेछ । प्रतियोगिताका लागि आसिनाको आवश्यक तयारी कोरियोग्राफर मनिश शाक्यले गराउनेछन् भने वार्डरोबका लागि न्यु मजेन्टा बुटिकले सहकार्य गर्ने जनाइएको छ ।  

 

प्रकाशित :फाल्गुन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्