भुइँकटहरका फाइदा

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७४

 

 दाँतका रोगीका लागि भुइँकटहर निकै उपयोगी सावित हुन्छ । भुइँकटहर खाँदा जोर्नीको समस्यामा फाइदा मिल्छ । 

 

 भुइँकटहरमा प्रशस्त एन्टी अक्सिडेन्ट हुन्छ । यसले शरीरलाई आन्तरिक रूपमै शुद्ध गर्छ । 

 

 भुइँकटहरले ह्दयसम्बन्धी रोग तथा क्यान्सरजस्ता रोगबाट जोगाउँछ । 

 

 भुइँकटहरमा पाइने म्याग्नेसियमका कारण हड्डी बलियो हुन्छ । 

 

 भुइँकटहरले आँखाको क्षमता बढाउँछ । 

 

 यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ जसले गर्दा रोगसँग लड्न मद्दत मिल्छ । 

 

 भुइँकटहरमा सोडियम कम तथा पोटासियम बढी पाइन्छ, जसले गर्दा शरीरमा रक्तचाप सन्तुलित हुन्छ । 

 

 भुइँकटहरमा पाइने केही इन्जाइमले पाचनसम्बन्धी समस्याबाट जोगाउँछन् । 

 

 भुइँकटहरको नियमित सेवनले हात–गोडाको नङ फुस्रो हुने समस्या समाधान हुनुका साथै तौल पनि घट्छ । 

 

 भुइँकटहरमा फाइबर, पोटासियम, फोस्फोरस, क्याल्सियम, भिटामिन सी आदि तत्व पाइन्छन् ।

प्रकाशित :फाल्गुन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्