ट्रक सहित्य

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७४

 

दु:खले बाँच्न सिकाउँछ

ऋणले कमाउन सिकाउँछ

शत्रुले जित्न सिकाउँछ

आफ्नै घर सिसाको छ,

यता ढुंगा हान्छ्यौ किन ?

दुस्मनी नै गर्ने मन भए

फेरि डर मान्छ्यौ किन ?

हिंडेको छु म मनमा चाहनाहरू बोकी,

जिन्दगीको परिभाषा दु:ख मात्र हो कि ?

तिम्रो माया मेरा लागि बाँच्ने एउटा आधार थियो

विश्वास गरी माया दिएँ आखिरीमा धोका दियौ ।

छाडेर गयौ तिमीले मलाई साह्रै नै सताउँछ

बिछोडको माया दु:खदायी हुन्छ समयले बताउँछ ।

साँझ–बिहान नभनेर जहिले पसल खोल्छिन् ।

उधारो नि दिन्छिन् गाँठे हाँसी–हाँसी बोल्छिन् ।

टिसर्ट राम्रो सिफन त सारी राम्रो फाइबरको

दुनियाँका स्वास्नी पोइल जान्छन् दोष किन ड्राइभरको ?

ए— किन बाटोमा बसेको ?

बी— ट्रकले हानेर गयो ।

ए— अनि हस्पिटल जानु 

पर्दैन त ?

बी— ट्रकको पछाडि ‘पर्खी बस फर्की आउनेछु’ लेख्या 

रै’छ, त्यसैले । 

मनभरि पीडा भए पनि ओठभरि मुस्कान लिएर चढ

आफ्नै प्रियतमा भए पनि भाडा दिएर झर ।

एैंसेलुखर्क जाने भा’ पर्ख

म नआई नफर्क...

धनकुटा हिले दिल चित्त मिले

जाउँm हिंड यो वर्ष ।

काली गर्छे माया गोरी गर्छे प्यार ।

ड्राइभरको जिन्दगी गजब छ यार ।

चौतारीमा भरिया दाईले भारी बिसाउने

ड्राइभरलाई मात्र हेर्दा नानी खलासी रिसाउने ।

अँध्यारो रात छ नदीको किनारा छ ।

इस्टेरिङमा हात छ ईश्वरको सहारा छ ।

सधैंभरि चक्काजाम, बन्द 

अनि हड्ताल ।

महँगी बढ्ने, ढुङ्गा हान्ने, के यही हो नयाँ नेपाल ?

सिसा फुटे टुक्रा हुन्छ

धर्ती फुटे खाडल

मन फुटे आँसु झर्छ

माया फुटे पागल ।

जून उदाए रात हुन्छ, घाम उदाए बिहानी

मिलन भए जीवन बन्छ बिछोड भए कहानी ।

मानिस ठुलो दिल ले हुन्छ जातले हुँदैन

ड्राइभरका स्वास्नी धेरै नै हुन्छन् खलासीका हुँदैनन् ।

प्रत्येक बिहानिको पर्खाइमा सधैं त्यही रात हुन्छ

विश्वास पो कसलाई गरौं यहाँ पाइला–पाइलामा घात हुन्छ । 

फूलमा राम्रो कमल बासना लिइराख्नु

बाटोमा हिंड्दा नबोले पनि लेटर पठाइराख्नु ।

रिल्याक्सको जिन्दगी 

गाडीको बास

एक्लो छ जिन्दगी 

प्रेमिकाको आश ।

श्रीमती राख्नु टिपटप, दुइवटा बच्चापछि फुलस्टप ।

बच्चाको जिन्दगी बिस्कुट र केकमा

ड्राइभरको जिन्दगी स्टेरिङ 

र ब्रेकमा ।

तिमी गुलाफ बन प्रिय

म काँडा बनिदिनेछु 

जो छुन आउँछ तिमीलाई

च्वास्स घोचिदिनेछु ।

फूल दिउँm भने पात छैन, मुस्कान दिउँm भने अगाडिको 

दाँत छैन ।

बूढा गयो अरबको खाडीमा, बुडी गई अर्कैको गाडीमा

तीन वर्षमा फुल्यो तेजपत्ता, बूढो आउँदा बूढी बेपत्ता ।

तिम्रो सम्झना आईदिँदा गीत बनाइ गाइरहे

आँखाबाट आँसु बहँदा पसिना भनी हाँसिरहे ।

दुई दिनको जिन्दगी भए पनि तिम्रै निम्ती बाँचिरहे, तिमीले धोका दिएपछि जीवन अरूलाई नै सुम्पिदिएँ ।

फेसबुक चलाउन सकेनौ भने चलाए हुन्छ ट्विटर

केटी पट्याउँन सकेनौ भने बनाए हुन्छ सिस्टर ।

उकाली होस् या ओराली होस्, डाँडैमा एउटा ससुराली होस्

काली होस या गोरी होस्, ससुरालीमा एउटी साली होस् । 

अमेरिकामा युवाले

   देश चलाउँछन् 

बूढाहरूलाई पेन्सन दिन्छन्

नेपालमा बूढाहरूले 

   देश चलाउँछन् । 

युवाहरूलाई टेन्सन दिन्छन् । 

इज्जतका लागि पैसा खर्च गर

पैसाका लागि इज्जत खर्च नगर ।

वरिपरि पहाड बीचमा ताल छ

बुद्ध जन्मिएको देशमा बुद्धिकै अनिकाल छ । 

कृपया हर्न नबजाउनुहोला

मेरो देश सुतिरहेको छ ।

गरीब थिए गरिब नै छु, धनी केटा तिमीले भेट्टायौ ।

मायालाई धनसँग साट्नु थियो भने, किन मसँग बैंसको प्यास मेटायौ ?

प्रत्येक बिहानिको पर्खाइमा सधैं त्यही रात हुन्छ

विश्वाश पो कसलाई गरौं यहाँ पाइला–पाइलामा घात हुन्छ ।

फक्रिएको जवानी छ सुम्पिदिनु कसलाई,

भमरालाई भन्दा पनि हतार भयो रसलाई । 

जिन्दगी हाम्रो काल रहेछ 

थाहै भएन

तिमीजस्ता तरुनी कति आए कति गए, बालै भएन ।

रक्सीको झोकमा भाउन्न, झोकमा स्वास्नि कुट्यो लठ्ठीले

गर्नुसम्म गर्‍यो यो देशलाई जाँड, रक्सी अनि भट्टीले ।

प्रकाशित :फाल्गुन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्