बलिउड ब्यान्डको नेपाली प्रस्तुती
फाल्गुन २०, २०७४
बलिउडको चर्चित ब्यान्ड ‘सनम’को कन्सर्ट काठमाडौंमा सम्पन्न भएको छ । युट्युबमा दर्जन बढी बलिउड गीतहरू गाएर चर्चामा आएको यो ब्यान्डले गत साता जाउलाखेल ग्राउन्डमा आफ्नो प्रस्तुति दिएको हो ।
कार्यक्रममा भारतीय चर्चित ब्याण्ड ’सनम’ले 1974 AD को ‘परेलीमा’ बोलको नेपाली गीत समेत प्रस्तुत गरेका थिए ।
त्यस्तै सनमसँगै नेपालबाट गायक स्वप्न सुमन, लाहुरे उर्फ आशिष् राणा र नवनिर्मित ब्यान्ड समिश्रणले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
’सनम लाईभ नेपाल’ नामक उक्त कार्यक्रमको आयोजना प्याराडक्स सिटी इन्क कम्पनीले गरेको हो । कार्यक्रममा २ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो ।
प्रकाशित :फाल्गुन २०, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्