रन्जित गजमेर पोखरामा अभिनन्दित

- राजाराम पौडेल

फाल्गुन २०, २०७४

बरिष्ठ संगीतकार रन्जित गजमेरलाई पोखरामा अभिनन्दन गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका र कन्दरा समुहले संयुक्त रुपमा आयोजना गरेको विशेष समारोहमा गजमेरलाई अभिनन्दन गरिएको हो । अभिनन्दनसँगै गजमेरलाई साक्षी राखेर पोखरेली कलाकारले सम्मानस्वरुप उनकै गीत सुनाए ।

कन्दरा समुहका विवेक श्रेष्ठ, गायक कर्णदास, रामभक्त जोजिजू, विनोद बानिया, रजनी हृदम राई, अजुदा थापा, स्वरुपा आशा र रुबी गौली लगायतले उनले संगीत भरेका गीत लाइभ सुनाउदा माहोल रमणिय बन्यो ।  

सर्जक मरिसकेपछि भन्दा उनी जिउँदै छँदा सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि कार्यक्रम गरिएको गायक विवेकले बताए । सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा संगीत भरेका गजमेरले सयौं गीतमा संगीत भरे । थुप्रै भारतीय चलचित्रमा नेपाली मादल समेत घन्काउदै बलिउडमा नेपाली बाजा मादल स्थापित गराएको श्रेय उनलाई जान्छ । 

सोही कार्यक्रममा विवेक श्रेष्ठ र स्वरुपा आशाको आवाज, रञ्जित गजमेरको एकल संगीत, स्वर्गीय गीतकार अगमसिंह गिरी, कुशुम गजमेर, अर्जुन सापकोटा र रञ्जितका शब्दमा रहेको रञ्जित गजमेरको कृति एल्बम विमोचन गरियो ।

प्रकाशित :फाल्गुन २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्