निकेशको मुखौटा

- साप्ताहिक संवाददाता

फाल्गुन २०, २०७४

म्युजिक भिडियो निर्देशन गरेर आफ्नो चिनारी बनाएका निर्देशक हुन्– निकेश खड्का । उनी पछिल्लो समय भने कथात्मक म्यूजिक भिडियो निर्माणमा लागि परेका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’ जस्ता भिडियोमा सुन्दर कथा प्ले गरेका खड्का अहिले भने ‘मुखौटा’ मार्फत बजारमा आएका छन् ।

निश्चल बस्नेतको चलचित्र ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोमा बैंक लुट्ने लुटेरको कथालाई प्रस्तुत गरिएको छ । बैंक लुटेर सहकर्मी साथीको हत्या गरेपछि लुटेको पैसा नक्कली हो भन्ने थाहा पाउँदा हुने परिणामलाई भिडियोमा देखाइएको छ ।

सनुप पौडेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष बशिष्टको शब्द र कल्याण सिंहको संगीत छ । भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

मुखौटाको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्