Teej banner

सुस्मिताले उडाउँदा

- साप्ताहिक संवाददाता

फाल्गुन २०, २०७४

कुनै बेलाकी अभिनेत्री तथा अहिलेकी निर्मात्री सुस्मिता बम्जन अचेल सामाजिक सञ्जालमा चोटिला स्टाटस लेखेर चर्चासँगै विवादमा आउन थालेकी छिन् । कहिले सञ्चारकर्मीसँग जुध्दै त कहिले आफ्नै सहकर्मीहरूको चित्त दुखाउँदै फेसबुकमा स्टाटस लेख्ने मामिलामा केही अगाडि नै छिन् उनी । त्यसरी लेखिएका स्टाटसहरू अनलाइन मिडियाका लागि राम्रै मसलासमेत बन्दै आएका छन् ।

जब स्टाटसले विवादको रुप लिन्छ, सुस्मिताले त्यसलाई डिलिट गरिदिन्छिन् । गत साता पनि यस्तै भयो । प्रसंग चलचित्र कृसँग सम्बन्धित छ । निर्माताद्वय सुवास गिरी तथा भुवन केसीले अघिल्लो साता चलचित्रको व्यवसायिक रिपोर्ट सार्वजनिक गर्दै लगानी सुरक्षित रहेको घोषणा गरे । उनीहरूको कुरा सुनेर सुस्मिताले आफ्नै छोरा अनमोल केसी अभिनीत चलचित्रलाई उडाउन थालिन् ।

उनले आफ्नो स्टाटसमा घुमाउरो पाराले चलचित्र ‘कृ’ लाई झन्डै डेढ करोड रुपैयाँ घाटा भएको, त्यो घाटा भुवन केसीले प्रेमिका जिया केसीलाई स्कटल्यान्ड घुमाएका कारण भएको तथा त्यसका लागि अर्का निर्मातालाई मुर्गा बनाइएको जस्ता आरोप लगाइन् ।

त्यसको ठीक विपरीत कृले लगानी मात्र सुरक्षित गरेको होइन, मुनाफा नै कमाउन तथा आफ्नो स्टाटसको आलोचना हुन थालेपछि उनले उक्त स्टाटस नै डिलिट गरिदिइन् । 

 

प्रकाशित :फाल्गुन २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्