डिस्लाइक पाउने गायिका

- साप्ताहिक संवाददाता

फाल्गुन १९, २०७४

सामाजिक सञ्जालमा यतिबेला एउटी गायिकाको खेदो खन्न थालिएको छ । उनी हुन् नवोदित गायिका– मिना ढकाल । व्यंग्यकार मनोज गजुरेलसँग डिभोर्स गरेपछि अचानक सेलिब्रेटी बनेको अनुभव गरिरहेकी ढकालले गायनमा आफ्नो करियर प्रारम्भ गर्ने योजना बनाएकी छिन् । त्यसका लागि उनले संगीतकार राम थापाको निर्देशनमा ‘आँखा जुध्यो...’ शीर्षकको एउटा गीत पनि रेकर्ड गराइन् ।

मीनाले उक्त गीत रेकर्ड गराइरहेको भिडियो युट्युबमा अपलोड गरिन् । यद्यपि उक्त भिडियोले युट्युबका दर्शकहरूलाई निराश बनायो । फलस्वरूप मीनाको गायनसहितको उक्त भिडियोले लाइकभन्दा डिस्लाइक बढी पायो ।

गत आइतबार उक्त गीतको म्युजिक भिडियो नै सार्वजनिक भयो । उक्त भिडियोले पनि डिस्लाइक नै बढी पायो । भिडियोमा अभिनयसमेत गरेकी मीनाको उक्त गीतमा अधिकांशले ‘यसो गर्न नपाएर पो डिभोर्स गरेकी रै’छिन्’ भन्ने टिप्पणी गरेका छन् । 

प्रकाशित :फाल्गुन १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्