Teej banner

साताभरि संगीत

- साप्ताहिक संवाददाता

फाल्गुन १९, २०७४

बर्दियाको कुसुम्बा बजारमा नेपालका राष्ट्रिय कलाकारहरूले आउने आइतबारदेखि एक हप्ता सांगीतिक वातावरण तताउनेछन् । ‘मधुवन औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव–२०७४’ मा अभिनेता निखिल उप्रेतीदेखि लोकदोहोरी गायक तथा हास्य कलाकारहरूले विशेष प्रस्तुति दिनेछन् । 

उद्योग वाणिज्य संघ कुसुम्बा बजारले आयोजना गर्न हुन लागेको महोत्सवमा अभिनेता निखिल उप्रेती, लोक गायिका देवी घर्ती, रामजी खाँड, बद्री पंगेनी, खुमन अधिकारी, पुष्कल शर्मा, दुर्गेश थापा, पूर्णकला बिसी, मिस्टर आरजे, रमेशराज भट्टराई, चक्र बम, गोपाल नेपाल, टंक तिमल्सिना, भूमिका गिरी, अर्जुन कौशल तथा हास्य कलाकारद्वय प्रकाश कँडेल ‘गुलेली कान्छा’ एवं बलराम सरकार ‘जादुगर’ ले विशेष प्रस्तुति दिने बताइएको छ ।

 

प्रकाशित :फाल्गुन १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्