लखपती माग्नेको कार्यशाला

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७४

नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘लखपति माग्ने’को कार्यशाला शुरु गरिएको छ । आफ्नै कार्यालय बागवजारमा यतिखेर लखपति माग्नेको कार्यशाला चलिरहेको छ । नयाँ एवं पुराना कलाकार/प्राविधीक समेटेर लखपति माग्ने निर्माण गरिदैछ । 

चलचित्रमा विष्णु अर्याल, सोनीका साही, कमलमणी नेपाल, निरु खड्का, कुमार गजुरेल, सुनील जंग रायमाझी, मोहन चाम्लीङ, अपेसा खड्का, आमकृष्ण भण्डारी, सविन कटुवाल, विष्णु कोइराला, सुरज प्रधान, जय जगदिश उपाध्याय, खिमेन्द्र जैशी, पवन केसी, किरण ढकाल, अविनाश ढकाल लगायतका कलाकार रहनेछन् । ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको व्यानरमा चलचित्र लखपति माग्ने निर्माण हुँदैछ ।

चलचित्र छायांकार रामेश्वर हुमागाई हुन भने भेषभूषा लोक बहादुर बुढागथोकी एवं श्रृंगार निर्मला भण्डारीको रहनेछ ।

चलचित्रमा सन्तोष श्रेष्ठ, दीपक शर्मा एवं विशाल घोषको संगीत, शान्तिप्रिय र विशाल घोषको गीत रहनेछ । चलचित्र चैत्र ६ बाट छायांकनमा जाने निर्देशक सवनम मुखियाले वताएकी छिन् । लखपति माग्नेमा अभिनेताका रुपमा विष्णु अर्याल तथा अभिनेत्रीका रुपमा सोनीका शाही एवं अपेसा खड्काले डेव्यू गर्दैछन् ।

 

प्रकाशित :फाल्गुन १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्