जावलाखेलमा सनम पुरी

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७४

‘फ्याब फोर’ का नामले परिचित भारतीय पप रक गायक सनम पुरीले भोलि जावलाखेल तताउने भएका छन् जहाँ उनले पुराना क्लासिकल हिन्दी गीतहरू सुनाउनेछन् । सनमलाई समर पुरीले लिड गितारमा, भेंकी एसले बेस गीतारमा तथा केशव धनराजले ड्रम्समा साथ दिनेछन् ।

यो कार्यक्रमको स्ट्यान्डर्ड टिकटको मूल्य १ हजार, भीआईपी टिकटको मूल्य २५ सय, भीभीआईपी टिकटको मूल्य ४ हजार तथा गोल्ड टिकटको मूल्य १५ सय रुपैयाँ राखिएको छ । थप जानकारी ‘सनम लाइभ इन् नेपाल’ फेसबुक पेजबाट लिन सकिनेछ । 

स्थान : जावलाखेल

कलाकार : भारतीय पप रक गायक सनम पुरी, समर पुरी, भेंकी एस आदि । 

 

प्रकाशित :फाल्गुन १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्