Teej banner

मन पराइयो ययाति

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७४

भोगविलास र लिप्साको पर्याय बनेका राजा ययाति महाभारतको कथामा पढ्न पाइन्छन् । तिनै ययातिलाई यतिबेला पुरानो वानेश्वरको शिल्पी थिएटरमा फेला पार्न सकिन्छ । हिन्दू पौराणिक कथाका यी चरित्रलाई युवा रंगकर्मी टंक चौलागाईंले स्टेजमा उतारेका हुन् । भारतीय नाटककार गिरीश कर्नाडको कृतिमा आधारित उक्त नाटक यतिबेला शिल्पीमा मञ्चन भैरहेको छ ।

डेढ घण्टा लामो यो नाटकको मञ्चनमा नयाँ प्रयोग गर्ने प्रयास गरिएको छ भने संगीत र प्रकाशको व्यवस्थापन समेत आकर्षक छ । कलाकारहरूले पनि जीवन्त अभिनय गरेका छन् । नाटकमा घिमिरे युवराज, प्रकेश सिन्धुलीय, पवित्रा खडा, अर्चना पन्थी, सरस्वती अधिकारी, आकांक्षा जीसी आदि कलाकारको अभिनय हेर्न पाइन्छ । यो नाटक चैत ३ गतेसम्म मञ्चन हुने बताइएको छ ।

 

प्रकाशित :फाल्गुन १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्