Teej banner

आजबाट देशभर नाका

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७४

निर्देशक : अमित श्रेष्ठ

कलाकार : विपिन कार्की, थिन्ले लाह्मो, रविन तामाङ, शिव मुखिया आदि ।

संगीतकार : रोहित शाक्य 

आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘नाका’ सत्य घटनामा आधारित चलचित्र हो । नाका काठमाडौंबाट चीनतर्फको नजिकको नाका अर्थात् तातोपानी नाकामा हुने आपराधिक घटनामा केन्द्रित छ । नाकामा हुने आपराधिक गतिविधिका साथै दुई देशको सीमाक्षेत्रमा बसोबास गर्ने मानिसहरूको मनोवृत्ति, दैनिक जनजीवन, रहनसहन एवं व्यापार–व्यवसायलाई मुख्य विषय बनाइएको यो चलचित्रका मुख्य अभिनेता विपिन कार्की हुन् । 

चलचित्रको कथा उनको गतिविधि वरपर केन्द्रित छ । त्यसो त चलचित्रको ट्रेलरमा उनलाई खलनायकका रूपमा समेत प्रस्तुत गरिएको छ किनभने चलचित्रले नाका क्षेत्रमा हुने गुन्डागर्दीको विषयलाई उठाएको छ भने विपिनले गुन्डा नाइकेको भूमिका निर्वाह गरेका छन् । भिन्न गेटअपमा अभिनेता विपिन कार्की डरलाग्दो देखिएका छन् । हरेक चलचित्रमा फरक–फरक गेटअपमा प्रस्तुत हुनु विपिनको विशेषता नै हो । 

लुट, लुट–२, पशुपतिप्रसाद, जात्रा, लालपुर्जाजस्ता चलचित्रमा विपिनले भिन्दाभिन्दै चरित्र निर्वाह गरेका छन् । नाकामा उनी अन्य चलचित्रभन्दा अझ फरक किसिमले देखिएका छन् । खासगरी उनको केशविन्यास तथा संवाद बोल्ने शैलीका कारण दर्शक आकर्षित हुने विश्वास लिन सकिन्छ । 

प्रकाशित :फाल्गुन १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्