खाने मुखलाई फरक पर्दैन

  •  राजाराम पौडेल, कलाकार

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७४

 

सुपरम्यानले किन ट्राउजर बाहिर कट्टु लगाएको होला ?

उसको रातो ट्राउजर तिघ्रासम्म मात्र भएर ।

अरूले काम गर्ने आफूले पैसा कमाउने पेसा कुन हो ?

बगलीमारा, खल्तीमा औंला हाल्यो झिक्यो, केही गर्नै परेन ।

 

नेपालबाट जापान जाने क्रममा चढेको प्लेन बीचैमा अचानक बयलगाडामा परिवर्तन भयो भने के गर्नुहुन्छ ? 

बयललाई आकाशमै घाँस ख्वाएर दरो बनाउँछु अनि दरो भएको बयलगाडामा उड्छु । 

हँसाउँदा–हँसाउँदै आफू सुपर फ्लप भए कचौरा बोकेर कुन ठाउँमा बस्नुहुन्छ ? 

सुपर, डुपर फ्लप भए पनि कहीँ बस्दिनँ, किनभने त्यति अवसरवादी पनि बन्नु भएन नि । 

सरकारले क्यारिकेचर गर्न प्रतिबन्ध लगायो भने राजाराम पौडेलको पेसा के हुन्छ ?

कागलाई बेल पाक्यो हर्ष न बिस्मात । 

गर्लफ्रेन्डको गालामा झिँगा बसेको देख्नुभयो भने के गर्नुहुन्छ ?

यो काम मेरी गर्लफ्रेन्डको मेकअपको सेन्टले आफैं गर्छ, मैले केही गर्नै पर्दैन । उनको मेकअपको केमिकलले नै त्यो झिँगा मर्छ । 

गुलाब जमुनामा गुलाब कहाँ हुन्छ ?

गुलाबमा जामुन हालेर पकाउने हो, त्यहीँ  हुन्छ । 

पिसाबबाट सवारी साधन चल्ने भए ?

कतार–अरब तिर गएका सबै मानिस नेपाल फर्कन्छन् । 

बिहान रक्सी खाने र बेलुका पाठ–पूजा गर्ने भए के हुन्छ ?

पूजा–पाठ गर्ने देउतालाई त्यसको केही मतलब छैन, खाने मुखलाई केही फरक पर्दैन । जुन बेला खाए पनि स्वाद त त्यही हो, जुन बेला पूजा गरे पनि देवता त तिनै हुन् ।

 

प्रकाशित :फाल्गुन १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्