फेस पेन्टिङ

  • रंगको एलर्जी

- साप्ताहिक संवाददाता

फाल्गुन १७, २०७४

 

 रंगको पर्व होली निकै रमाइलो पर्व हो । यो दिन अनुहारमा विभिन्न रंग प्रयोग गरी पेन्टिङ गरिन्छ । 

 

 कतिपय रंग स्थायी हुने भएकाले धुँदा सजिलै जाने रंग प्रयोग गर्नुपर्छ । रंग हटाउन मन तातो पानीले अनुहार पखाल्नुपर्छ । 

 अनुहारमा नरिवलको तेल लगाएर केही समय मसाज गरेपछि पखाल्नुपर्छ । यसले छालाको रंग हट्छ । 

 रंग पखालिसकेपछि अनुहार तथा बाह्य छालामा गुलाब जल, तेल तथा दूध एवं बेसन मिसाएर तयार पारिएको मिश्रण लगाउनुपर्छ । त्यसको पाँच मिनेटपछि फेसवासले अनुहार पखाल्न सकिन्छ । 

 

 गुलाबजलसँगै ग्लिसिरिन मिसाएर लगाइएको केही समयपछि मन तातो पानीले सफा गर्नुपर्छ ।

 कागती तथा घिउकुमारीको क्लिन्जर प्रयोग गर्नुपर्छ । यसले रंग हटाउनुका साथै रंगमा भएका हानिकारक रसायनको प्रभाव कम गर्छ । 

 टुथपेस्ट लगाएर पाँच मिनेटपछि अनुहार धुँदा पनि सजिलै रंग जान्छ ।

 

रंगको एलर्जी

 होलीमा प्रयोग हुने रंगले छालामा हानी पुर्‍याउने भएकाले होली खेल्नुअघि सनस्क्रिन लोसन तथा मोस्चराइजर लगाउनु उपयुक्त हुन्छ । 

 आँखामा रंग परे दृष्टिमा असर पर्ने भएकाले सन ग्लास लगाउन सकिन्छ । 

 होली खेल्नुअघि केशमा तेल लगाउनुपर्छ ।  यसो गर्दा रंग सिधै छालामा पर्दैन । 

 लामो बाहुला भएका पहिरन लगाउनुपर्छ । 

 टल्कने रंगले छिटो असर गर्ने भएकाले त्यस्तो रंग प्रयोग गर्नु हुँदैन ।

प्रकाशित :फाल्गुन १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्