रंगको अर्थ

- साप्ताहिक संवाददाता

फाल्गुन १७, २०७४

 

 होलीमा प्रयोग हुने रातो, हरियो तथा नीलो रंगलाई मूल रंग मानिन्छ । रातो रंगलाई प्रेम, पवित्रता र ऊर्जा तथा नीलोलाई ताजगीको प्रतीक मानिँदै आएको छ । 

 

 हरियो रंगलाई शीतलता तथा आशाको प्रतीक तथा कालो रंगलाई गम्भीरता, उदासी अन्धकार एवं अज्ञानताको प्रतीक मानिन्छ । 

 

 सेतो रंगलाई शान्ति, शुद्धता, सहयोग, उज्यालो, निष्ठा एवं एकताको प्रतीक मानिन्छ । 

 

 पहेंलो रंगलाई उज्यालो तथा प्रसन्नता, गुलाफीलाई भावुकता एवं कोमलतासँग जोडेर हेरिन्छ । 

 

 सुन्तला रंगलाई बल र बुद्धिको सूचक तथा बैजनीलाई सान, कला एवं भावनाको अभिव्यक्तिका रूपमा लिइन्छ । 

प्रकाशित :फाल्गुन १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्