शुद्ध रंगका बारेमा जानकारी

- साप्ताहिक संवाददाता

फाल्गुन १६, २०७४

 

 वसन्त ऋतुसँगै आउने होली अर्थात् फागु खेल्दा गुणस्तरीय तथा पानीमा घुल्ने रंग छनौट गर्नुपर्छ ।

 

 खुला रंगको तुलनामा सिलबन्द प्याकेटको रंग राम्रो मानिन्छ ।

 गोल्डेन, सिलिका तथा सिल्भर मिसाइएको रंग किन्नु हुँदैन ।

 

 धुँदा नजाने तथा सुख्खा रंग छनौट गर्नु हुँदैन । 

 कुनै–कुनै रंगले एलर्जी हुने भएकाले आफ्नो छालासँग सुहाउने रंग छनौट गर्नुपर्छ ।

 

 रंगले व्यक्तिको पहिचान झल्काउने भएकाले सोहीअनुरूप रंग छनौट गर्नुपर्छ ।

 सम्भव भएसम्म प्राकृतिक रंग छनौट गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित :फाल्गुन १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्