कपाल खौरेर चुम्बन गर्ने

- साप्ताहिक संवाददाता

फाल्गुन १६, २०७४

 

मानिसहरू हावामा उड्न थाले भने ?

केही हुन्न, हावा सकिन्छ अनि भुइँमा पछारिन्छन् । 

टमाटर फल हो कि तरकारी ? 

जसरी लिए पनि हुन्छ । मलाई चाहिं तरकारीभन्दा पनि फल हो कि जस्तो लाग्छ । 

तपाईंलाई सबैभन्दा रीस उठाउने कुरा के हो ? 

प्रेसरको औषधी खान बिर्सियो भने आफैंदेखि रिस उठ्छ । 

तपाईंको जीवनको सबैभन्दा ठूलो गल्ती ? 

त्यस्तो सम्झन लायक अपराध त केही पनि गरेको छैन । अँ...सानो छँदा हेटौंडामा एक पटक एउटा कुखुरा चोरेको थिए । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो गल्ती हो । 

तीजको व्रत श्रीमान्ले लिनै पर्ने नियम आयो भने ?

म श्रीमतीलाई त तीजको ब्रत नबस भन्ने मान्छे, त्यस्तो नियम आयो भने ठाडै उल्लंघन गर्छु । 

युवतीको गालालाई स्याउसँग किन दाँजिएको ?

खै किन पो दाँजेछन् । मेरा लागि त त्यो अति नै सामान्य कुरा हो । 

खाना खाइरहेका बेला कोही आएर के गर्दै भनेर सोधे तपाईंको जवाफ के हुन्छ ?

देख्नु भएन, म सिरक ओडेर सुतिरहेको छु भन्छु । 

धेरै जनासँग विवाह गर्ने छुट पाउनुभयो भने तपाईं कति वटीसँग विवाह गर्नुहुन्छ ?

राम राम राम । कस्तो प्रश्न सोध्नु भएको यो ? म त एउटा पनि गर्दिन । 

चुम्बन गर्दा केश झर्ने रोग लाग्न थाल्यो रे, अब के गर्ने ?

केश खौरेर मात्र चुम्बन गर्ने । 

टेलिभिजनका हास्य कार्यक्रमहरूमा प्रतिबन्ध लाग्यो भने ?

केही न केही त गरिएला नि, टेलिभिजनमा पो बन्द होला त, स्टेजमा त कसैले नरोक्लान् नि ? 

 विष्णु सापकोटा, हर्के हल्दार 

प्रकाशित :फाल्गुन १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्