Teej banner

सँगै ज्यूने सँगै मर्ने बाचा

- साप्ताहिक संवाददाता

फाल्गुन १४, २०७४

 

चलचित्र ‘लम्फू’ गीत सार्वजनिक भएको छ । चलचित्रको सँगै ज्यूने सँगै मर्ने बोलको गीतको भिडियो सार्वजनिक भएको हो । केहि समय अघि गीतको अडियो रिलिज गरिएको थियो । चलचित्र ‘लम्फू’मा कबिर खड्का र मरिश्का पोख्रेल शिर्ष भूमिकामा छन् ।

यहि चलचित्र मार्फत तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठ रजतपटमा डेब्यु गर्दै छिन् । यि ३ कलाकारका साथमा चाँदनी शर्मा  र सञ्जित भण्डारी पनि यो गीतको भिडियोमा देखिएका छन् । 

अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । 

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेत पनि प्रमूख भुमिकामाख देखिने छन् ।  चलचित्रमा कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, रश्मी भट्ट लगायतका कलाकारले पनि अभिनय गरेका छन् । 

सँगै ज्यूने सँगै मर्नेको भिडियो :

प्रकाशित :फाल्गुन १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्